पूर्णबहादुर खड्का र लौराको कथा



संघर्षशील र सफल राजनीतिक यात्रा। विकासवाद र समाजवादको जगमा उभिएर समुन्नतिको यात्रा पूरागर्ने समृद्ध सपना। समावेसी विधान र नीतिगत स्पष्टताको वकालत गरिरहेका कर्नालीका पुत्र हुन् पूर्णबहादुर खड्का। कर्नालीका अभिभाबक एवं नेपाली कांग्रेस पार्टीका केन्द्रीय उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादूर खड्का जो कर्नालीको ईतिहाँस रचेर कर्नालीबाट पहिलो उपप्रधानमन्त्रीका रूपमा सरकार हुनुहुन्छ।

कर्नालीको गर्भको विषय:

खड्का अबको कर्नाली प्रदेशबाट प्रधानमन्त्री र पार्टी सभापति बन्ने सम्भावना बोकेको एक मात्र नेता हुनुहुन्छ। पटकपटक मन्त्री भएर विशेष गरी बढी बिबादमा आउने गृह मन्त्रालय र गृहमन्त्री हुन्छन् विभिन्न काण्डमा तानिएका छन्। तर, पूर्णबहादूर खड्का गृहमन्त्री हुँदासमेत बिबादमा आउनु भएन। कुनै लफडामा तानिनु भएन। पार्टी र पाटीका कार्यकर्ताको शीर झुक्न दिनु भएको छैन।

महासमिति बैठकमा उभिएर सिंगो पाटीको र तमाम नेताको शीर झुक्न नदिएको र आगामी दिनमा पनि शीर झुक्न नदिने प्रतिवद्वता दोहोर्याउनु भयो। स्पष्ट नीतिका साथ प्रस्तुत भएका उपसभापति खड्काको नीतिले तमाम महासमिति सदस्यको मन छोएको छ। कहिले पनि बिबादमा नआएर राजनितिक स्वच्छ छवि बनाएर द्वन्द्वकालमा गृहमन्त्री हुँदासमेत बन्दुकको बलमा समस्या सामाधान हुँदैन, नेपाली जनतालाई गोली खर्च गरेर गलतबाटो लिनु हुन्न सर्वसाधारण जनतालाई दुःख दिनु हुन्न संवाद र वार्ताद्वारा समस्या सामाधान गरौं भन्ने नेता हुनुको कारण तत्कालि विद्रोही माआवादी शान्तिको बाटोमा ल्याउन सहज भएको थियो । शान्ति प्रक्रियाको जग निर्माण गर्नमासमेत खड्काको महत्त्वपूर्ण भूमिका थियो।

तत्कालिन अवस्थामा द्वन्द्वको दबदबा र युद्व कर्नालीमै थियो। गृहमन्त्री भएको बेला बन्दुकको बल र गृहमन्त्रीको शक्ति देखाएको भए शान्ति वार्ता र हजारौं युवा र सर्बसाधारण जनताका ज्यान जोगाउने बार्ता सम्भब थिएन संविधान निर्माण सम्भब पनि थिएन। नेपालको राजनितिक ईतिहाँसमा र नेपाली कांग्रेसमा कुनै पारिवारिक लिगेसी नटेकेर तल्लो तहदेखि नियमित दुख कष्ट संघर्ष गरेर ज्यानको बाजि राखेर महामानब बिपी संग नजिक रहेर वहाँको ९ पूर्ण खड्का० पिताजीले दिएको लौरो बोकेर घरबाट निस्केका पूर्ण बहादूर आज त्यतिकै पूर्ण बहादूर बनेका पनि होईनन्।

जहाँपूर्ण त्यहाँ सम्पूर्ण त्यतिकै भएको पनि होईन? मन्त्री बन्दिन भनेर घोषणा गरेका खड्का मन्त्रीभन्दा माथिल्लो कार्यबाहक प्रधानमन्त्री र वरिष्ठ उपप्रधानमन्त्री हुने भए पछि पाटी र तमाम शुभेच्छुकको जोडबलमा गुमेको गठबन्धन लाईनमा ल्याए पश्चात् कर्नालीबाट प्रतिनिधित्व पहिलो नेता जो मुलुकको जेठो र मूख्य ठूलो राजनितिक दल नेपाली कांग्रेस पार्टीको केन्द्रीय उपसभापति र उपप्रधानमन्त्री बन्ने क्षमता राख्ने पहिलो राजनेता हो।

संघर्षमय जीवन यात्रा र सदा बोकिरहने लौरोको रोचक कथा छ। बुढो भएर कमजोर भएर हिड्न नसकेर लौरो बोक्ने टेक्ने गरेको कदापी होईन? किसुन जीको छाता र सुहारी जस्तै प्रजातन्त्र र लोकतन्त्र, स्वतन्त्रता र आजादिका लागि उपसभापति एवै उपप्रधानमन्त्री खड्काका पिताजीले प्यारो छोरालाई लौरो थपाएर पठाएको कथा जोडिएको छ। पार्टीको जिल्ला नेतृत्वदेखि केन्द्रमा पटकपटक केन्द्रीय सदस्य सहमहामन्त्री, महामन्त्री अनि उपसभापति अबको यात्रा पाटी सभापति र प्रधानमन्त्री नै हो।

एक त कर्नालीबाट नेपालमै पनि संघर्षमा सफल भएको कोही छ भने समकालीन राजनीतिमा पाको उर्जावान र चलायमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिसँग समन्वय गरेर जुध्न सक्ने पार्टीमा सभापति देउवापछि कोही छ भने पूर्णबहादूर नै हो। सरल र प्रष्ट स्वभाव भएकोले प्रस्टता र स्पष्टतासँग जोडिएको छ स्पष्टता छ। जहिले सिस्टममा प्रतिवद्वता, बचनमा अडिगता, सरल स्वभाव सादगी जीवनशैली र प्रस्टता पूर्णबहादूरको विशेषता हो। राष्ट्रिय राजनीतिको मियो शेरबहादुर देउवा पछिको पुस्ताको सरल,सफल निश्कलंक आफूभन्दा सिनियरलाई हतारिएर क्रस नगर्ने सिस्टम पद्वतिलाई पालना गर्दै तल्लो तहका नेता कार्यकर्तालाई विश्वास गर्ने दूरदृष्टि भएको नेता हो।

सिंगो देशको नेता, कर्नालीको अभिभाबक

वीपी र किसुनजीको स्कुलिङमा स्थापित भएको नेता खड्काले पछिल्लो समय फलो गरेको परिपक्क राजनीतिक कार्यकुशलतालाई राजनीतिक पाठशालामा लिपीबद्व गरेर राजनीतिक पुस्तकालयमा सजाएर राखिनुपर्ने देखिन्छ। पाटी र्सभापतिलाई सफल बनाएमा मात्र सिंगो पार्टी पद्वति सफल हुन्छ भन्ने सिकाई र बुझाई उपसभापति खड्कामा देखिन्छ।

यस्ता तमाम आधारमा कांग्रेसको अबको नेतृत्वको दाबेदार स्वभाबिक रूपमा पूर्णबहादूर खडका नै हो। पार्टीको कदमजमको नीती, कर्नालीको पहिलो केन्द्रीय तहको नेता समावेशिताको सिद्वान्त, विश्व राजनितिक गन्तव्य, सुशासन र सरलता, सकृयता र परिपक्वताका कारण अबको समयानुकुल समकालीन राजनीतिक मियो र युग सुहाउँदो सभापति देउवापछिको हाईट भएको पार्टीभित्र र बाहिर सबै मिलाउन सक्ने नेता भनेकै खड्का भएका्ेमा दुईमत छैन।

खड्काकै संकल्पका कारण गठबन्धनको जगमा पहिलो पाटी नेपाली कांग्रेसलाई बनाएर बनाएर गुम्न लागेको राष्ट्रपति कांग्रेसले पाउने गरि, संविधानको रक्षा गर्नेगरी बालकोट पुगेको माके र अन्य दललाई विश्वासमा लिएर संघ र प्रदेशमा सरकार बनाउन पहल गरेको पार्टी हितमै रहेको छ। गोदावरीको महासमितिको ११ बुँदे निश्कर्षमा गठबन्धनलाई ईमान्दारिताका साथ लिने प्रस्ताव सर्वसम्मतबाट पास भएको छ।

जाजरकोट र रूकुमपश्चिमको भूकम्पको महाविपदमा पिडाको मलम पीडितको साहरा र दुखी जनताको सारथी बनेका उपसभापति खड्काले विपदमा पनि नेपाली कांग्रेस जनताको साथमा रहन्छ र खट्छ भन्ने चिनारी दिलाएका उपप्रधानमन्त्री खड्का नेपाल सरकारका प्रधानमन्त्री देश बाहिर रहेका बेला कार्यबाहक प्रधानमन्त्री सम्हालेका बेला सडकमा उठेका आन्दोलनलाई सहज ढंगले सम्बोधन गरेर शान्त पारेको सफलताको पहिचान दिलाई सक्नु भएको छ। कर्नाली प्रदेश स्थापना कर्नालीको बिकासका लागि खड्काले पार्टीको सहमहामन्त्रीसमेत् त्याग गर्न तयार हुनु भएको थियो।

आज कर्नाली प्रदेश त्यतिकै कान्छो प्रदेशका रूपमा स्थापित भएको होईन? नाम मात्र भए पनि पहिचान मात्र भए पनि पूर्ण खड्काजीका लागि भए पनि कर्नाली प्रदेश नामाकरण गरौं भनेर तत्कालिन पार्टी सभापति सुशील कोईरालाले शीर्षस्ठ सर्वदलीय बैठकमा कुरा राखेरै प्रस्ताव पारित भएको हो। कर्नालीबाट अप्त्यारिलो तरिकाले राष्ट्रिय राजनीतिमा उदाएको सफल पात्रको रूपमा लिन सकिन्छ। कर्नाली प्रदेशको नामाकरण र स्थापनादेखि आजसम्म आईपुग्दाको चरणमा राष्ट्रिय राजनीतीमा कर्नालीको पहुँच चाहिने रहेछ भनेर तमाम सचेत नागरिकलाई महसुस भएको छ।

पीछडिएको कर्नालीमा सबैभन्दा बढी केन्द्रीय सदस्य पहिलो पटक निर्वाचित भएको अनि संघीय संसदमा समानुपातिक र प्रत्यक्ष संसदको संख्या बढेको अनि १ सिट हुम्लाबाट जितेको कांग्रेसलाई मूख्यमन्त्री दिलाएर कर्नालीबाट गठबन्धनको जग बलियो बनाएर कांग्रेसकै मूख्यमन्त्री जीवनबहादूर शाहीले निर्वाचन सम्पन्न गराउने गरि चुनावी कमान्ड समालेर खड्काले आफ्नो निर्वाचन क्षेत्र छोडेर कर्नालीका जिल्ला जिल्ला दौडेर कर्नालीमा पहिलो पार्टी बनाउन सफल भएकोले नै आज उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको सफल परिक्षण पनि हो।

निर्वाचन जिते पश्चात पटकपटक जनतासँग चुनावी बाचा र प्रतिवद्वता पूरा गर्न जनताको माझमा गैरहने पहिलो निर्र्वाचित सांसदका रूपमा परिचित खड्काले विश्वविद्यालय स्थापनादेखि प्रदेश अस्पताललाई स्तर उन्नतीसहित नमूनाको बनाउने काम होस् वा वहुवर्षीय गौरवका योजनाहरू आयोजनाहरू सञ्चालन गर्नेदेखि लिएर विकास वाद र समाजवादलाई आत्मसाथ गर्दे कर्नालीका दुर्गम जिल्लाको समस्याको रूपमा रहेको बायुसेवा निगमलाई निर्देशन दिएर सुर्खेतमा कार्यालय राखेर प्लेन नै सुर्खेतमा राख्ने व्यस्थापन गर्न बजेट विनियोजन गर्न लगाई काम सुरू भैरहेको देखिन्छ। प्रमूख अतिथिका रूपमा कालिकोटमा गएर ३८ वर्षपछि सुनथरनली एअरपोर्ट उद्वघाटन गर्नु अनि नियमित सेडुल राख्न लगाउने एक ऐतिहाँसिक काम सम्पन्न भएको छ।

कर्नालीमा ५० वर्षपछि पनि अन्तर्राष्ट्रिय विमानस्थलको अवधारणा अगाडि सारिएको छ। कर्नालीले दलित संघको नेतृत्व पाएको छ। रूकुम पश्चिमलाई अन्याय हुन नदिन राष्ट्रियसभा सदस्यको अवसर दिएर न्याय गर्ने र पार्टी जोगाउने काम भएको छ। कर्नालीले राजदुत पाउनु धेरै अवसरको ढोका नजिक कर्नाली बासी पुग्नु उदाहरणीय कुरा हो। कताकता नजिकको तिर्थ हेला। सुनको सिरानीमा सुतेको थाहा नपाउने नुनको खोजी गर्न भौतारिने कस्तुरी जस्तै कर्नाली बन्न नदिन सचेत समाजले सहजिकरण गर्नुपर्ने देखिन्छ।

नेपाली कांग्रेसको समावेशी र लोकतान्त्रिक विधान परिमार्जन अत्यन्तै राम्रो सबै समावेश हुनेगरि आएको पार्टीको विधान पनि महामन्त्री हुँदा पूर्णबहादूर खड्काले नै ल्याएको हो। मेरो बुझाईमा केही थप प्रस्टताका साथ नीतिभित्र देखिएका लेखिएका कुरालाई आत्मसाथ गरेर सारमा निम्नअनुसार १० बुँदामा उल्लेख गरेको छु।

नेपाली कांग्रेसको नीतिगत स्पष्टता छ। अलमल छैन। सबैले अध्ययन गरेर आत्मसाथ गर्न जरूरी छ। नेपाली कांग्रेसको नीति अधिवेशनको मानिएको गोदावरी, ललितपुरमा उपसभापति खड्काद्वारा ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नविनता, स्वतन्त्रता, न्याय र समानताः नेपाली कांग्रेसको नीतिगत प्रतिद्वता’ भन्ने नारा सहितको नीति प्रस्ताव अत्यन्तै सान्दर्भिक समानुकुल र दुर्गामी महत्वको छ। ४७ पृष्ठ लामो नीति प्रस्तावभित्रका मुख्यमुख्य विषयहरू उठान गरिएको छ। कार्यन्वयनका लागि जसको नीति उसैको नेतृत्व भन्ने सर्बमान्य विश्वब्यापि मान्यतालाई आत्मसाथ गरौं।

लेखक योगी नेपाली कांग्रेसको, सूचना, सञ्चार तथा प्रचार विभागको केन्द्रीय सदस्य हुन्।