कालिकोट। ३८ वर्षपछी कालिकोटको सनुथराली विमानस्थलको उद्धघाटन गरिएको छ।
सोमबार शुनथराली विमानस्थलको नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खड्का र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्धाटन गरेका हुन्।
आईतबार तारा एयरको विमान अवतरण गरेर परीक्षण उडान गरिएको थियो। यस अघि ०७३ माघमा कच्ची धावनमार्ग हुँदा तारा एयरको विमान अवतरण गरिएको थियो।
मन्त्री खड्का र किरातीसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीसहितको टोलीले नेपाल एयरलाइन्स र तारा एयरका दुईवटा जहाज अवतरण गरेर विमानस्थलको उद्घाटन गरेका हुन्।
विमानस्थलको उद्धाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री पुर्णबहाददुर खड्काले लामो समयपछी निकै मेहनत र कठिन परिस्थितीका बाबजुत विमानस्थलको उद्धाटन गरेको बताए।
मन्त्री खड्काले विमानस्थल निर्माणमा गोली खाएर मारिएका एक नाबालकसहित ३५ जना धादिङ जोगिमाराका मजदुरप्रति हार्दिक श्रदा शुमन व्यक्त गरेका छन्। मन्त्री किरातीले आवश्यकताअनुसार नियमित उडानको लागि स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारले गर्ने प्रतिवद्धता जनाएका छन्। यात्रुको माग हेरेर हप्ताको एक पटक उडान भर्ने मन्त्री किरातीको प्रतिबद्धता छ।