करिब ४० वर्षपछि सुनथराली विमानस्थलमा विमान उडान



कालिकोट। कालिकोट नरहरीनाथ गाउँपालिका-१ कोटबाडा स्थित सुनथराली विमानस्थलमा तारा एयरको विमानले परिक्षण उडान गरेको छ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्वारा उद्घाटन हुने उक्त विमानस्थलमा आइतबार बिहान तारा एयरले परिक्षण उडान गरेको हो। उद्घाटन पूर्व सबै पक्षको अध्ययन स्वरूप तारा एयरको 9N-AKL विमानले परिक्षण उडान गरेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता प्रदिप बोहोराले बताउनुभयो।

उहाँले भन्नुभयो,‘परिक्षण उडान सफल भएको छ। सोमबार १० बजे प्रधानमन्त्रीद्वारा विमानस्थलको उद्घाटन हुने भएकोले तयारीलाई तीव्र पारिएको छ। सोमबार उद्घाटन कार्यक्रमको पुर्वतयारी स्वरूप परिक्षण उडान गर्न प्राविधिक टोली सहित नेपालगन्जबाट तारा एअरको विमानले सुनथराली विमानस्थलमा परिक्षण उडान गरेको प्रवक्ता बोहोराले जानकारी दिनुभयो। परिक्षण उडानका लागि आएको प्राविधिक टोलीलाई नरहरिनाथ गाउँपालिकाको टोली र स्थानीयवासीले स्वागत गरेका छन्।

तस्बिरः प्रदिप बोहरा। उहाँ गाउँपालिकाको वडा नम्बर ९ का अध्यक्षसमेत हुनुहुन्छ।