एकीकृत समाजवादीले मन्त्री ज्वालाबारे निर्णय नगर्ने



काठमाडौं। नेकपा एकीकृत समाजवादीले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन नहेरी भौतिक पूर्वाधारमन्त्रीबारे निर्णय गर्न नसकिने बताएको छ।

बिहीबार बसेको सचिवालय बैठकमा मन्त्री प्रकाश ज्वालाबारे कुराकानी भएको थियो। तर, कसलाई कुन कारणले दोषी देखाइएको छ भन्ने जानकारी नभएको र प्रधानमन्त्रीले जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरिहेकाले कुनै निर्णय नगरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

१३ पुसमा दुई युवकको मृत्यु हुने गरी ललितपुरको बालकुमारीमा भएको घटनाबारे जाँचबुझ गर्न गठित आयोगले गत शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो।