काठमाडौँ। आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नेपालले आज नामिबियाको सामना गर्दैछ।
खेल नेपाली समयअनुसार साढे ९ बजे त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु हुनेछ। नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो।
तर, दोस्रो खेलमा उत्कृष्ट कम्ब्याक गर्दै टोलीले बलियो नेदरल्यान्ड्समाथि ९ विकेटको शानदार जीत हासिल गर्यो। आज नामिबियासँग बदला लिने नेपालसँग अवसर हुनेछ।
त्रिकोणात्मक शृङ्खलामा तीनै टोलीले २-२ खेल खेलेका छन्। हालसम्म सबै टोलीले समान एक खेलमा जीत र एक खेलमा हार बेहोरेका छन्। नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा रहेको छ। त्यसपछि क्रमशः नामिबिया र नेदरल्यान्ड्स छन्।