ओली-प्रचण्ड पुनर्मिलनको संकेत



काठमाडौँ। सत्ताको मुख्य घटक नेपाली कांग्रेसभित्र अहिलेको सत्ता समीकरणलाई हेर्ने दृष्टिकोणमा तीव्र मतभेद देखिएको छ।

गठबन्धनप्रति सभापति शेरबहादुर देउवा र अर्को नेता शेखर कोइराला तथा महामन्त्री गगन थापाबीच समान मत छैन। देउवा निर्वाचनसम्म यही गठबन्धन कायम होस् भन्ने चाहिरहेका छन् भने, कोइराला र थापा यो गठबन्धन भत्काएर अर्को समीकरण वा कांग्रेसको एकल सरकार निर्माणको पक्षमा छन्।

त्यसका लागि संसदीय दलको नेता परिवर्तन गर्ने कसरत चलिरहँदा महासमिति बैठक सोमबारदेखि गोदावरीमा सुरु भएको छ। त्यहाँ पनि कांग्रेसका नेताहरूले गठबन्धनबारे निकै छलफल गरेका छन्।

यो समाचार दृष्टि साप्ताहिकमा प्रकाशित छ।