काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीकाे सचिवालय वैठक फागुन ५ गते बस्ने भएकोछ।
प्रदेश पार्टी कार्यालय सचिव तथा प्रचार विभाग प्रमुख वशन्त कुमार विश्वकर्माकाअनुसार पार्टीका केन्द्रीय महासचिव घनश्याम भुसालकाे प्रमुख आतित्थ्यतामा उक्त बैठक बस्न लागेको हो।
प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा सचिवालयकाे वैठक शनिबार बिहान ११ वजे देखि सन्चालन हुनेछ ।
वैठकका प्रमुख एजेन्डाहरू :
१. पार्टीको सांगठनिक प्रतिवेदन र समीक्षा
२. पार्टीको दशाैं महाधिवेशन केन्द्रीत – पार्टी संगठन तथा सदस्यता विस्तार अभियान (माघ२५ देखि चैत्र २५ गतेसम्म
३. पार्टी केन्द्रद्वारा जारी अपानि-१२ अध्ययन
४. पार्टी संगठित सदस्यताकाे अध्यावधिक
५. समसामयिक विषय
६. अन्य विविध विषय सम्वन्धमा छलफल हुनेछ ।