काठमाडौँ। नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्ने स्वीकृति दिने निर्णय गरेको छ।
नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन्। त्यस्तै बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्यमा दुई जनालाई मनोनयन गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा सिन्धुपाल्चोक निवासी लेखनाथ लामा र काठमाडौँ निवासी डा।सहारा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय बैठकले गरेको मन्त्री शर्माले जानकारी दिइन्।