काठमाडौँ। चोभारको मञ्जुश्री पार्कमा क्यानोपी जिपलाइन सञ्चालनमा आएको छ। तीन चरण गरेर खेल्न पाइने क्यानोपी जिपलाइनको कुल लम्बाइ करिब ४ सय मिटर रहेको छ।
सञ्चालक प्रदिप चौलागाईँका अनुसार सबै चरणको क्यानोपी जिपलाइन खेल्न करिब १० देखि १५ मिनेट लाग्छ। जिपलाइन खेल्दा गरिने अनुभुति पहिलो चरणलाई ‘एड्भेञ्चर’, दोस्रोलाई ‘डेयर डेभिल्स’ र तेस्रोलाई ‘द फन’ नामाकरण गरिएको छ।
जिपलाइनका क्रममा मन्जुश्रीले काटेको चोभारको आकर्षक गल्छी, जलबिनायक मन्दिर, चोभारको गुम्बा, नवनिर्मित सुख्खा बन्दरगाह, चम्पादेवी र चन्द्रागिरी डाँडा, काठमाडौँ तथा ललितपुरका सुन्दर दृश्यावलोकन गर्न सकिनेछ। टेकअफ टावरबाटै सुन्दर हिमशृङ्खला देख्न सकिन्छ। तीन चरणको जिपलाइनको खेल्ने र फोटो भिडियो सहितको प्याकेजको प्रतिव्यक्ति शुल्क १५ सय रुपैयाँ रहेको छ।
टेण्डम (जोडी) जिपलाइनको मज्जा २ हजार रुपैयाँमै लिन सकिन्छ। भने विद्यार्थीहरूलाई (परिचय पत्रसहित) १० प्रतिशत र किर्तिपुर नगरपालिकाको वडा नम्बर ६ का स्थानीयले सबैखाले जिपलाइनमा २५ प्रतिशत छुट पाउनेछन्। कम्पनीले चोभारमा एडभेञ्चर हब नै बनाउने गरी परियोजना विकास गर्दैछ।
चोभारमा ग्लास ब्रिजमा बञ्जी र स्विङ, स्काइ साइक्लिङ लगायत अन्य एड्भेञ्चरसँगै होटल तथा बिग सिनेमाको निर्माण छिट्टै सुरू गर्ने तयारीमा रहेको सञ्चालक समिति का प्रदिप चौलागाइ ले जानकारी दिनुभएको थियो। यो क्यानोपी जिपलाइन दैनिक ३ सयदेखि ३५० जनासम्मले खेल्न सक्छन्। जिपलाइन हरेक दिन बिहान १० बजेदेखि साँझ ५स्३०बजेसम्म सञ्चालन हुन्छ।
तस्बिर:मुकुन्द कालिकोटे