सवारी चालक अनुमतिपत्र छपाइ रोकिँदैन: मन्त्री ज्वाला



चितवन। भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताउनु भएको छ।

शनिबार चितवनमा ड्राइभिङ स्कुल संघको पाँचौं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले माघ १ गतेदेखि लाइसेन्स छपाइ सुरु हुने जानकारी दिनुभयो। साथै उहाँले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिनेसमेत स्पष्ट पार्नुभयो।

मन्त्री ज्वालाले भन्नभुयो, ‘आजमात्रै ६ लाख कार्ड ल्याइएको छभने अन्य ६ लाख कार्ड ल्याउने तयारीमा छौं। लाइसेन्स छपाइ र वितरण नरोकिने गरी काम अघि बढाउँछौँ। माघ १ गतेदेखि १३ लाख कार्ड छपाइमा जान्छ, अनि समस्या हट्दै जान्छ।’