नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वारोध



धनगढी। नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वारोध निर्वाचित भएका छन्।

टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो। दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्वारोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षमा पार्टी खोलेका थिए। रञ्जिता सांसद र केन्द्र सरकारमा मन्त्री छिन्। राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेपछि रेशम आफैं अध्यक्ष बनेका हुन्।

यस्तै  पार्टीको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्वारोध निर्वाचित भएका छन्। यसैगरी पार्टीले सातवटै प्रदेशमा प्रदेश उपाध्यक्षहरू निर्विरोध चयन गरेको छ। सुदूरपश्‍चिम प्रदेशको उपाध्यक्षमा रतनबहादुर थापा, गण्डकी प्रदेश उपाध्यषमा शिवकमुर बास्तोला, कर्णाली प्रदेश उपाध्‍यक्षमा महेन्द्र पुन,  कोशी प्रदेश उपाध्‍यक्षमा इन्द्र कुमारी लिम्बु र मधेश प्रदेश उपाध्यक्षमा रामकुमार महतो निर्वाचित भएका छन्।

यस्तै ७ जना सह-महासचिवहरू निर्विरवध निर्वाचित भएका छन्। निर्वाचित हुनेहरुमा रामलाल डंगौरा,  पदम अधिकारी, पवन कुमार साह, दिल कुमारी लावती, राजन गुरूङ, प्रेमवती राना र निरबहादुर श्रेष्ठ रहेका छन्। यस्तै सचिवमा तुलसी प्रसाद चौधरी, ललित ताम्राकार, चन्द्रकुमारी चौधरी र विजय कुमार बस्‍नेत निर्विरवध चयन भएका छन्।

यस्तै पार्टीको सह-सचिवमा पनि पुष्पलता रेग्मी अधिकारी, करिश्मा कठरिया, अहमद हुसेन मनिहर, मणिराज भण्डारी, लालबहादुर रावत र डम्बर बहादुर लिम्‍बु निर्विरोध निर्वाचित भएका छन्।