काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायामन्त्री प्रकाश ज्वालाले नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडक खण्डको कामले तीव्रता पाएको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
मन्त्री ज्वालाले दुवै राजमार्गहरुको एक साइट टु लेन छिटोभन्दा छिटो सक्ने गरी कामअघि बढाइएको बताए। उनले सरकारलै सो क्षेत्रमा समस्या समाधान पहिचान गरिसकेकाले अब काम तीव्र रुपमा अघि बढ्ने दाबी गरे। उनले मन्त्रायलसहितको टिम केही दिनमै सो राजमार्गको अवलोकन एवं निरीक्षणका लागि जाने सो क्रममा सर्वपक्षीय भेला राखेर समस्याको समाधान गरी काम छिटो सक्ने बताए। उनले सो सडकखण्डका मुख्य समस्या स्थानीय निर्माण सामग्री रहेको बताए।
मन्त्री ज्वालाले निर्माण सामग्रीको हकमा पनि नारायणगढ-बुटवलको पूर्वीखण्डमा समस्या नरहेको तर पश्चिम खण्डमा रहेको केही समस्याको समाधानका लागि स्थानीय तहसँग समन्वय र सहकार्यको पहल गरिरहेको बताए। उनले सो सडकखण्डहरुमा अहिले विद्युत् पोल र तारको केही समस्या रहेपनि चाँडै त्यसको समाधान हुने प्रतिबद्धता व्यक्त गरे। सरकारले अहिले सडकको मर्मतसम्भारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि उनले बताए। उनले पछिल्लो समय दुवै सडक खण्ड (नारायणगढ-बुटवल र मुग्लिन-पोखरा) मा प्रगति उल्लेख्य रहेको बताए।
मन्त्री ज्वालाले सरकारले लगाएका ठेक्का पट्टालाई काम लगाउने नै पहिलो प्राथमिकता बनाएको बताए। उनले काम गरे÷नगरेको बारेमा मन्त्रालयको टिम नै गएर अवलोकन एवं निरीक्षण गर्ने र काम नभएको देखिए ठेक्का तोड्ने पनि बताए।