काठमाडौँ। आफूलाई लिटिल बुद्धको रुपमा चिनाउने तपस्वी रामबहादुर बम्जनको साथबाट बरामद नगद सार्वजनिक गरिएको छ।
बुधबार बम्जनलाई सार्वजनिक गर्नुअघि सीआईबीले उनको साथबाट बरामद नगद सार्वजनिक गरेको हो। प्रहरीले चाङ लगाएर बरामद रकम सार्वजनिक गर्दा नेपालीसहित विभिन्न देशका मुद्रा देखिन्थे।
विभिन्न १७ देशका मुद्रा गरी उनको साथबाट ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बराबदरको नगद बरामद भएको सीआईबीले जनाएको छ।
उनलाई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका, वडा नं ६, टन गाउँबाट मंगलबार साँझ पक्राउ गरिएको सीआईबीले जनाएको छ। उनीमाथि बाल यौन शोषणको आरोप छ।