एकीकृत समाजवादीले विधान संशोधनबारे सुझाव संकलन गर्ने



काठमाडौँ। नेकपा एकीकृत समाजवादीले विधान संशोधन मस्यौदामाथि जिल्ला तहबाट सुझाव संकलन गर्ने भएको छ ।

त्यसका लागि केन्द्रीय तहले निर्माण गरेको विधान संशोधन मस्यौदा बिहीबारबाट जिल्ला तहमा पठाउने निर्णय पनि गरेको हो ।

बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले मस्यौदामाथि तलका पार्टी कमिटीको सुझाव समेत समेटेर आगामी माघ १४ र १५ मा बस्ने केन्द्रीय परिषद् बैठकमा छलफलका लागि पेश गर्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

साथै बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार जिताउन आफ्नो तर्फबाट पहल गर्ने समेत निर्णय गरेको छ।