सुर्खेत विमानस्थल: सांसद कँडेल र थानीको तमासा



सुर्खेत। नेपाली कांग्रेसका युवा नेता एवं पार्टीको सूचना तथा सञ्चार विभागका केन्द्रीय सदस्य अशोकनाथ योगीले चर्चामा रहेको सुर्खेत विमानस्थलबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।

मंगलबार योगीले सामाजिक सञ्जाल फेशबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

यस्तो छ, योगीको धारणा

‘सुर्खेतमा वीरेन्द्रनगरका रैथानीको सर्वपक्षिय भेला भएछ। सुर्खेत विमानस्थसँग जोडिएको बस्ती र स्कुल उठाउने, मुआब्जा बाड्ने जस्ता निर्णयहरू गर्न माननीय हृदयराम थानी र यमलाल कँडेल तयार हुनु भएछ। कुनै बेला उहाँहरूकै कारण विमानस्थलको प्रगति रोकिएको कुरा स्मरण गरेको भए राम्रो हुने थियो।

आफू गर्न नसक्ने, न अरूलाई कामगर्न दिने अपजसी र अधर्मीहरूले ६ बुँदा भन्दा ३६ बुँदा बनाए पनि बिरोधका लागि बिरोध र मौषमी राजनीतिमा परिणत हुने देखिन्छ। अध्ययन र विश्लेषण स्वयम् सहभागिका कुरा अनि स्कुलसँग सरोकारवालाका कुरा सुनियो। तत्थ्यमा लेखिँदैछ तत्थ्यमा बोलिदैछ। भोलि आन्दोलन पनि हुन सक्छन्। हामी सब एक भएर सामना गर्नु पर्दछ। हिजो उहाँहरू (यमलाल र थानी) ले नै उचाल्नु भएको थियो । अहिले घडिको सुईरो उल्टो घुम्न थालेछ । घैटोमा घाम लागेछ । अब कर्णालीको नेता भईदैँन र बन्न सकिँदैन भन्ने भान हुन थालेछ।

स्वयम् घरवाला र जग्गावाला आन्दोलनमा उठ्नेवाला रहेछन्र। सुर्खेत १ का जन्ता पनि आन्दोलित हुनेवाला छन्। के सौतेनो व्यवहार गरेको ? अवैज्ञानिक विकास विरोधी कर्नाली प्रदेशका विकासका भाईरसलाई चिन्ने अवसर मिलेको आफू सिन्को नभाँच्ने। अरूले गरिदिएको बिकास देख्न नसक्ने कस्तो रोग हो ? स्मरण गराउन चाहान्छु, आन्दोलनको माग जुम्लाको सिंजामा मौसमी र सांस्कृतिक राजधानीको माग गरेका हौं। हरेक नेता कहाँ पुग्ने ज्ञापन पत्र तयार गर्ने, काठमाडौँ केन्द्रीकृत आन्दोलनको प्रवक्ताको जिम्मेवारी पूरा गरेकोले लेखिरहेको छु। वानेश्वरमा केन्द्रीकृत आन्दोलनमा मैले बोलेका हरेक नेताहरूलाई भेटेर दबाब दिएका राखेका कुरा ताझैछन्। प्रदेश मागको आन्दोलनमा सहिद भएका महानसहिदको सपनालाई तुहाउन खोज्नेहरू होसियार। सहिदको रगत माथि खेलवाड गर्न खोज्नेहरू होसियार। अब हरेक जिल्लामा एउटा एउटा सेवा प्रवाह गर्ने निकाय, कार्यालय राखौं मौषमी राजधानीलाई पूर्णता दिउ केबल एक दुई जनाले कर्नाली प्रदेशको हकदार र ठेकेदार मै हुँ नठानौं। नगरपालिका र गाउँपालिका हरेक जिल्ला र निर्वाचन क्षेत्रमा छन्। अब १० जिल्लाकै सचेत समूहले र जनताले नाङ्गेझार पार्ने छन्। हालको एअरपोर्ट अर्को विकल्प नहुन्जेल अन्त सर्दैन र सार्नुपनि हुन्न।

कर्नाली प्रदेश सरकारले र संघिय सरकारले २ जना कुनियत वालाको डेलिकेशन, म्यासेज, फोन र सामाजिक संजालको पोष्टलाई आधार मान्ने होईन पत्रकारले अरू जिल्लाका जनताको जनप्रतिनिधिको धारणा पनि संकलन गरेर सम्प्रेषण गरौं। प्राविधिक रूपमा सुरक्षित छ या छैन? पुनःअन्तर्राष्ट्रिय स्तरका प्राविधिकबाट निरिक्षण गराउन पहल गरौं।

आफै प्राविधिक, आफै प्लेन चालक जस्तो भएर फरमान जारी गरेकोछ। जन्ता उचालेको छन्। समाज बिषाक्त बनाएको छ। स्थानीय जन्तालाई अलमलमा पारेको छ। कहिलेसम्म अल्मल्याई रहने? कहिलेसम्म झुटको र भ्रमको खेती गरिरहने ? स्वमानीयहरूले कहिलेसम्म जनता उचाली रहने? पहिला एअरपोर्ट विस्तारका बिरोधीहरू नै अहिले एअरपोर्ट रोकथाम अभियानका नाईके बनेका छन्। क्या मजाक छ। अहिले रोई कराई गरिरहेका पात्रहरू कुन संसारमा हुनु हुन्थ्यो?

भेरीभन्दा उता अलि उता पूर्वपश्चिम, उत्तर, दक्षिण सुर्खेतभित्र नपर्ने नै रहेछ? क्या गजबको संघीयताको नयाँ परिभााषा आएछ। वीरेन्द्रनगरमा यस्तो जबरजस्त भाष्य तय गर्न खोजिदैछ। न त अहिले निर्वाचन छ, न त चलिरहेको एअरपोर्ट तत्कालै अन्त सरी हाल्ने वाला छ। जीवन शाही मुख्यमन्त्री हुँदा वर्तमान उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादूर खड्काको विशेष पहलमा प्लेनहरू चलाउन र उडान भर्न थालिएको होईन, अहिले कति सहज छ, कस्का कारणले भयो ? कर्नालीबासी र कर्नाली प्रदेशको आवश्यक्ता अनुरुप बुद्ध एअर अहिले आएर श्री एअर सञ्चालनमा आएका छन्। नेताहरूको पहलकदमी थिएन ?

काम गरेका नेता लाई धन्यबाद दिनु पर्ने ठाउँमा गाली गर्ने जन्ता भड्काउन म्यासेज गर्ने अनावश्यक उछाल्ने अनर्गल कुराहरु पोष्ट गर्ने मिडिया बाजी गर्ने, पानीमाथिको ओभानो बन्ने कहिले सम्म र किन? अनि धमिलो पानीमा माछा मार्ने कोसिस किन? काइदाले पार लगाउने देखिँदैन। आजकाल माछा पनि चलाख भै सके महोदय। प्रदेश सरकार त्यही छ। सर्वदलिय र सर्ब पक्षिय बैठक भनिएकोमा सहभागिता छैन। सबै जिम्मेवार राजनितिक दल र नागरिक समाज बोलाइएको छैन। कसरी सर्वपक्षिय र सर्बदलिय बैठक भयो होला? सुर्खेत भनेको १० जिल्लाको चासो, सरोकार र संयुक्त बिश्राम स्थल भई भै सक्यो। कर्नालीमा एअरपोर्ट अन्तर्राष्ट्रिय बन्नुपर्छ। कहाँ बन्नुपर्छ, किन बन्नुपर्छ, हामी साबिकका कर्नाली बासीसहितको बहस सुरू हुन्छ। अब हामीहरूका धारणा पनि आउछन्। नयाँ ठाउँको बिरोध कुन नियतले भैरहेको छ? पानी जत्तिकै संगलो र घाम जस्तै छ। सबैले बुझेका छन्।

अरूलाई हेर्न खान छुन अनि अलि पर जान दिदौनौं भन्ने के तरिका हो? उतिबेला जग्गा नदिने बिरोध गर्ने। अहिले रमिता र तमासा देखाउने? के हो चाला ? अर्को रोचक कुरा, माननियहरुको मिसन धमिलो पानीमा माछा मार्नसम्म मात्रै हो कि, दिर्घकालिन कहिलेसम्म रहन्छ यो तमासा?’