काठमाडौँ। स्वस्थ बानी अनि पोसिलो खानपान अपनाउने हो भने हामीले कयौँ रोगबाट राहत पाउन सक्छौँ।
खानपिनको रुटिन राम्रो बनाउने हो भने लामो समयसम्म स्वस्थ रहन सकिन्छ। कोलेस्ट्रोलका बिरामीको लागि हरेक दिन बिहान फलफूल खान बेहद लाभकारी मानिन्छ। यसबारे अनुसन्धानहरूले छक्कै पार्ने कुराहरू देखाएका छन्।
स्याउ स्वास्थ्यका लागि सबैभन्दा फाइदाजनक फलमध्येमा पर्दछ। यसमा शरीरलाई रोगबाट बचाएर स्वस्थ राख्न मद्दत गर्ने कयौँ पोषक तत्त्व पाइन्छ। हरेक दिन बिहान २ ओटा स्याउ खाने गर्नुभयो भने तपाईले कयौँ समस्याहरूबाट राहत पाउनु हुनेछ। यो अनुसन्धानहरूले देखाएको विषय हो। उच्च कोलेस्ट्रोल र कब्जियतका बिरामीका लागि त झन् यो रामवाण नै साबित हुन सक्छ।
सन् २०१९ मा एउटा अनुसन्धानको प्रतिवेदन आएको थियो। उक्त अनुसन्धानअनुसार दिनहुँ २ ओटा स्याउ खाँदा शरीरमा जमेर बसेको ब्याड कोलेस्ट्रोलका लेबल निकै हदसम्म कम गर्न सकिन्छ। स्याउले कोलेस्ट्रोल सम्बन्धी समस्याबाट राहत दिलाएर मुटुको स्वास्थ्यलाई बूष्ट गर्छ। स्याउको नियमित सेवनले मुटुको रोगको खतरा पनि कम हुन सक्छ। स्याउमा भरपुर मात्रामा फाइबर र पलीफेनल्स पाइन्छ। यसले रक्तनलीहरुलाई आराम पुर्याउन मद्दत गर्छ अनि यसमा जमेको कोलेस्ट्रोल निकाल्न पनि सहयोग गर्छ।
यो अनुसन्धान बेलायतको युनिभर्सिटी अफ रिडिङका शोधकर्ताहरुले इटलीका वैज्ञानिकहरूको साथमा मिलेर गरेका थिए। अनुसन्धानको प्रतिवेदन अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित भएको थियो। अनुसन्धानले स्याउ र कोलेस्ट्रोलबीच सिधा सम्बन्ध देखाएको यो पहिलो पटक होइन। सन् २०११ मा अमेरिकाको फ्लोरिडा स्टेट विश्वविद्यालयलेका वैज्ञानिकहरूले गरेको रिसर्चमा पनि दिनहुँ २ दाना स्याउ खाँदा ब्याड कोलेस्ट्रोल अर्थात् लो डेन्सिटी लिपोप्रोटिनको स्तरर ४० प्रतिशतसम्म कम हुन सक्ने देखाएको थियो।
२०१२ मा ओहियो विश्वविद्यालयले गरेको अनुसन्धानमा पनि यस्तै तथ्य आएको थिए। दिनहुँ स्याउ खाँदा कब्जियतको समस्या पनि टाढा भाग्छ। स्याउमा भरपुर मात्रामा फाइबर हुन्छ। फाइबरले हाम्रो पाचन तन्त्रलाई सुधार्न र पेटलाई सफा राख्न पनि मद्दत गर्छ। कब्जियतको समस्या भइरहने बिरामीलाई प्रायः फाइबर पर्याप्त पाइने खानेकुरा खाने सल्लाह दिइन्छ। स्याउ खाँदा मेन्टल हेल्थ पनि बूष्ट हुन्छ।