काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का तर्फबाट राष्ट्रियसभा सदस्यका उम्मेद्वार दोलखाका नेता घनश्याम रिजाल विश्वकर्मा र दैलेखकी सावित्री मल्लले उम्मेदवारी दर्ता गराउनस भएको छ।
सोमबार रिजालले बागमती प्रदेश राजधानी डेटौडा र मल्लले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनर सुर्खेतमा उम्मेद्वारा गर्नु भएको हो।
पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसालसहितको कार्यदलले बागमतीबाट रिजाल र कर्णालीबाट मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
गठबन्धनमा सहभागी दलले गरेको सीट बाँडफाँडमा एकीकृत समाजवादीको भागमा दुई सीट परेको थियो। त्यस्तै, नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र) ले ६ र जनता समाजवादी पार्टी (जसपा)ले एक सीट पाएका छन्। राष्ट्रिय सभामा रिक्त १९ सीटका लागि आउँदो माघ ११ गते निर्वाचन हुँदैछ। त्यसका लागि सोमबार उम्मेदवारी दर्ताको समय तोकिएको थियो।