एकीकृत समाजवादीको सचिवालय वैठक सम्पन्न



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को ७१औं केन्द्रीय सचिवालय वैठक सम्पन्न भएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा वैठक सम्पन्न भएको हो। पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाकाअनुसार वैठकले एकमात्र आधिकारिक निर्णय गरेको छ।

वैठकपछि सञ्चारकर्मीहरूसँगको वैठकमा उपमहासचिव खतिवडाले भन्नुभयो, ‘आज सम्पन्न वैठकले हाम्रो पार्टीले कति सिट पाउछ, कुन प्रेदशमा पाउछ, कुन क्लष्टर पाउछ त्यसका निम्ति पार्टी अध्यक्ष, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई सर्वाधिकार दिइको छ।’

उपमहासचिव खतिवडाले अगाडि भन्नुभयो, ‘कति सिट पाउने, कुन प्रदेश पाउने र कुन क्लष्टर पाउनेबारे आजको वैठकले केही गाइडलाईन दिएको छ। त्यहिअनुरुप नेताहरूले सत्ता गठबन्धनको वैठकमा कुरा गर्नुहुन्छ।’