भारतसँग भएको सम्झौताबारे सरकारले स्पष्ट पार्नुपर्छ: एमाले



काठमाडौँ। नेकपा एमालेले भारतीय विदेशमन्त्री एस.जयशंकरको नेपाल भ्रमणको क्रममा सरकारले भारतसँग गरेका सहमति र सम्झौताबारे स्पष्ट पार्नुपर्ने माग गरेको छ।

एमाले सचिवालयको शुक्रबार बसेको बैठकको निर्णयबारे जानकारी गराउँदै पार्टी महासचिव शंकर पोखरेलले के विषयमा छलफल भयो र सम्झौता भए भन्ने सत्ता पक्षले प्रतिपक्षसँग परामर्श नगरेको कुराप्रति बैठकले गम्भीर चिन्ता प्रकट गरेको बताए।

‘राष्ट्रियतका प्रश्नहरूमा सत्ता पक्षले प्रतिपक्षलाई विश्वासमा लिएर मात्रै काम गर्नुपर्नेमा कुनै परामर्श नगरिएको र सम्झौताबारे पनि स्पष्ट नभएकाले आलोचना गर्दै सहमतिका विषय स्पष्ट गर्न माग गर्ने निर्णय बैठकले गरेको छ,’ उनले भने।

नेपालको बजेटरी प्रणालीलाई कमजोर पार्ने गरी कुनै काम गर्ननहुने उल्लेख गर्दै उनले भने,‘वैदेशिक सहायता नेपालको बजेटरी प्रणालीभित्र हुनुपर्छ भन्ने एमालेको मान्यता छ।’