राष्ट्रियसभा निर्वाचनमा भागबन्डा गर्न सत्ता गठबन्धन छलफलमा



काठमाडौँ। राष्ट्रिय सभा सदस्यको निर्वाचनको भागबन्डा गर्न सत्ता गठबन्धनका नेताहरु छलफलमा जुटेका छन्।

आगामी ११ फागुनमा हुने निर्वाचनका लागि भागबन्डा टुङ्गो लगाउन नेताहरू प्रधानमन्त्री निवास बालुवाटरमा छलफलमा जुटेका हुन्। बैठकमा कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीका शीर्ष नेताहररु सहभागी भएका छन्।

राष्ट्रियसभा चुनावका लागि नेताहरूले यसअघि पनि निरन्तर छलफल गरिरहेका छन्। निर्वाचन नजिक आए पनि भागबन्डा भने मिलिसकेको छैन। यसपटक राष्ट्रिय सभाको १९ सिटका लागि चुनाव हुँदैछ।