काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) केन्द्रीय परिषद सदस्य, मुक्ति संगठन केन्द्रीय उपाध्यक्ष एवं कर्णाली पार्टी प्रदेश प्रचार विभाग प्रमुख वसन्तकुमार विश्वकर्मा यतिबेला राष्ट्रियसभा सदस्य उम्मेदारका बलिया उम्मेदारका रुपमा चित्रित छन्।
प्रतिभाशाली नेताको रूपमा पहिचान बनाएका विश्वकर्मा कर्णाली प्रदेशका महिला, जेष्ठ नागरिक, वालवालिका, युवा, दलित तथा सिमान्तकृत समुदायको नीति तथा अधिकारको क्षेत्रमा विगत २५ वर्षदेखि निरन्तर सामाजिक कार्यमा समर्पित छन्।
सामाजिक अभियन्ता तथा एकीकृत समाजवादीका युवा तथा प्रभावशाली नेता विश्वकर्माले कर्णालीमा रहेका २९ प्रतिशत दलित समुदायको हकहित र अधिकार सुनिश्चित गर्नको लागि राष्ट्रियसभा सदस्य उम्मेदवारको आकांक्षी छन। आफू राष्ट्रियसभा सदस्य बनेको खण्डमा दलित समुदायको आवाज मुखरित गर्ने प्रतिवद्धता जनाएका छन्। साथै उनले कर्णालीमा पार्टी निर्माणका लागि मेरो ५ बुँदे प्रतिवद्धता जाहेर गरेका छन्।
पार्टी संगठन निर्माणमा सहजिकरण, सांस्कृतिक रूपान्तरण तथा दलित अभियान, पुष्पलाल स्मृति प्रतिष्ठानको कार्यक्रम सञ्चालन, दलित, सीमान्कृत, युवा तथा लक्षित समुदायको नीति तथा ऐन निर्माणमा सहयोग, सञ्चार, सूचना, प्रविधि तथा प्रचार गर्ने रहेका छन्।
कर्णालीमा माओवादीले महिला र कांग्रेसले खस आर्य कोटामा आफ्नो दाबी गरेमा एकीकृत समाजवादीको भागमा दलित कोटा भागमा पर्नेछ। यस हिसाबले नेता विश्वकर्माको राष्ट्रियसभा सदस्यका निम्ति बलिया उम्मेदार हुन्।
विश्वकर्मा विद्यार्थीमै २०४५ देखि आजसम्म वामपन्थी विचारधार बोकेर राजनीतिमा सक्रिए छन्। पूर्व शिक्षकसमेत रहेका विश्वकर्माले २०५१ सालमा नेकपा एमालेको संगठित सदस्य प्राप्त गरेका थिए। २०७४ मा कर्णाली प्रदेशसभा समानुपातिक उम्मेदवार र २०७९ मा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट प्रदेशसभा समानुपातिक उम्मेदवार थिए।
विश्वकर्मा २०७८ सालदेखि पुष्पलाल स्मृति प्रतिष्ठान कर्णाली प्रदेशको अध्यक्ष छन्। कर्णालीका १० वटै जिल्लामा प्रतिष्ठानको शाखा गठनदेखि पुष्पलाल प्रतिष्ठानको भवन तथा घडेरी व्यवस्थापनका लागि विशेष पहल गरिरेहका छन्।