नेपाल भारत संयुक्त आयोगको बैठक सम्पन्न



काठमाडौं। नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सम्पन्न भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा बसेको बैठक सकिएको हो ।

संयुक्त आयोगको बैठकमा आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति र राजनीतिकलगायतका विषयगत क्षेत्रहरु अन्तर्गत नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको परराष्ट्रमन्त्री साउदले जनाएका छन्।

उनले भारतीय समकक्षीसँग भएको द्विपक्षीय भेटवार्तामा विभिन्न विषयगत क्षेत्रहरु अन्तर्गत नेपाल–भारत सम्बन्ध बारे छलफल भएको बताएका हुन् ।