जापान एयरलाइन्सको विमानमा आगलागी



काठमाडौँ। जापान एयरलाइन्सको एउटा विमानमा आगलागी भएको छ।

टोकियोस्थित हानेदा विमानस्थलमा अवतरणका क्रममा मंगलबार साँझ आगलागी भएको हो। घटनास्थलबाट सार्वजनिक तस्बिरमा विमान र धावनमार्गमा आगो देखिएको छ। अवतरणपछि विमान अर्को विमानसँग ठोक्किएको हुन सक्ने अनुमान गरिएको छ।

घटना हुँदा विमानमा यात्री सवार थिए। विमानमा सवार ३७९ यात्रु र चालक दलका सबै सदस्यलाई बाहिर निकालिएको बताइएको छ। जेएएल ५१६ विमानले जापानको होक्काइदोबाट उडान भरेको बताइएको छ। कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको रोयटर्सले उल्लेख गरेको छ।