फुङ्लिङ। कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजंगा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पाले बताए ।
विगतका वर्षमा यस समयमा हिमपात हुने गथ्र्यो । तर, अहिले भने यस क्षेत्रमा हिमपात नभएको शेर्पाले बताए। पर्यटक नआएपछि यहाँका होटल–लज पनि बन्द भएका छन् । यहाँका होटल सञ्चालक सदरमकाम फुङ्लिङ झरेका छन्भने केही काठमाडौंका पुगेका छन् ।
चियो याम प्रारम्भ हुनुअघिसम्म कञ्चनजंगा क्षेत्रमा पर्यटकहरूको उल्लेखनीय आगमन भएको कञ्चनजंगा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का टासी तेन्जिङ शेर्पाले बताए ।
गत असोजदेखि पुससम्ममा विभिन्न देशका सात सय ६० जना पर्यटक कञ्चनजङ्घा क्षेत्रको अवलोकनमा आएका थिए भने आन्तरिक पर्यटकको आगमन पनि उल्लेख्य रहेको उनले बताए । शेर्पाले भने, ‘कोरोना महामारीपछि पहिलोपटक यो वर्ष आन्तरिक तथा बाह्य पर्यटक कञ्चजंगा क्षेत्रमा धेरै आएका छन् ।