५४ गोलसहित रोनाल्डो २०२३ को सर्वाधिक गोलकर्ता



एजेन्सी। क्रिस्टियानो रोनाल्डोले २०२३ वर्षको अन्त्य ५४ गोल सहित गरेका छन्। ५४ गोल सहित रोनाल्डो २०२३ को सर्वाधिक गोलकर्ता समेत बनेका छन्।

साउदी प्रो लिगमा शनिबार अल(तावुन विरुद्धको ४(१ को जितमा इन्ज्युरी समयका गोल गर्दै उनले ५४ गोल पुर्याएका हुन्। यस वर्ष बायर्न म्युनिखका ह्यारी केनले र पिएसजीका किलियन एम्बाप्पेले ५२ गोल गरे। म्यानचेस्टर सिटीका एर्लिङ हालान्डले ५० गोल गरे।

यसअघि रोनाल्डोले सन् २०११, २०१३, २०१४ र २०१५ मा पनि वर्षको सर्वाधिक गोलकर्ता बनेका थिए। २०२२ मा उनले मात्र १७ गोल गरेका थिए। त्यो वर्षमा म्यानचेस्टर युनाइटेडका रहेका उनले वर्षको अन्त्यतिर टोलीमा आफ्नो स्थान गुमाइसकेका थिए।

प्रशिक्षक एरिक टेन हाग युनाइटेड भित्रिएपछि उनले सुरुवाती रोजाइमा आफ्नो स्थान गुमाएका थिए। त्यसपछि नै उनले साउदी प्रो लिग टोली अल नासर पुगेका थिए।