दाङको कोइलाखानी भित्र एक पुरुष मृत फेला



दाङ। दाङको कोइलाखानी भित्र एक पुरुष मृत फेला परेका छन्।

बंगलाचुली गाउँपालिका–४ स्थित गदारीमा रहेको कोइला खानीको सुरुङभित्र घोराही उपमहानगरपालिका–६ अघराका ४५ वर्षीय शिवराज केसी मृत फेला परेका हुन्।

पुस ८ गते घरदेखि घोराही बजार जान भनेर निस्किएका उनी पाँच दिनदेखि सम्पर्कविहीन थिए। शुक्रबार उनी मृत फेला परेको दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिएका छन्।

मृतकको शरीरमा चोटपटक देखिएकाले हत्या गरी सुरुङभित्र शव लुकाइएको हुनसक्ने उनले बताए। यद्यपि अनुसन्धान जारी रहेको उनले बताए ।