मन्त्री ज्वालालाई ओरालेर अनि गाडीमा आगजनी



काठमाडौँ। बालकुमारी क्षेत्रमा आगजनी भएको गाडी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको भएको खुलेको छ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए। त्यसक्रममा उनीहरुले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन्।

एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए। बालकुमारी क्षेत्रमा प्रदर्शनकारीले रोके। गाडीमा उनीसँगै दुई जना निजी सुरक्षा अधिकृत थिए।