पाइलट नै नभएको कार्गो विमान उडेपछि…



क्यालिफोनिर्या। विश्वमा सबैभन्दा धेरै प्रयोग हुने एउटा कार्गो विमानले कोही चालक नहुँदा पनि सारा उडान सफलतापूर्वक पूरा गरेको छ।

कूल १२ मिनेटको सो उडानमा विमान उत्तरी क्यालिफोनिर्याको होलिष्टर एयरपोर्टबाट छुटेको थियो। विमानलाई रिलायबल रोबोटिक्सले चलाएको थियो।

कम्पनीले सन् २०१९ देखि नै अर्ध–स्वचालित उडान प्रणालीमा काम गरिरहेको थियो। यसमार्फत पाइलटले टाढै बसेर विमानलाई चलाइरहेका थिए । नोभेम्बरमा ५० मिनेटको एउटा फ्लाइट पूरा गरेको कम्पनीले हालै घोषणा गरेको थियो। विमानको नाम सेस्सेना काराभ्यान थियो। सिंगल इञ्जिन भएको यो विमान उडान तालिम, पर्यटन, मानवीय मिसन र क्षेत्रीय स्तरमा कार्गो सेवाका लागि बढी चर्चित छ।

सेस्सेनाले ३ हजार थान क्याराभ्यान बनाइसकेको छ। यो कार्गोका लागि सबैभन्दा बढी प्रयोगमा आएको विमान भएको रिलायबल रोबोटिक्सका सीईओ रोबर्ट रोजले बताए।

यो विमान अहिलेका ठुला विमानको तुलनामा कम उचाइ अनि प्रतिकूल मौसममा उड्छ। त्यसैले यी विमानहरू चलाउन चुनौतीपूर्ण भएको अनि यिनीहरूको सञ्चालन सुरक्षामा सुधार ल्याउन स्वचालनले निकै लामो दूरी तय गर्नु पर्ने रोजले बताए।