एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटी सचिवालय वैठक सम्पन्न



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीको सचिवालय वैठक सम्पन्न भएको छ।

पार्टीका केन्द्रीय उपमहासचिव एवं कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको प्रमुख आतित्थ्यता, प्रदेश कमिटीका अध्यक्ष अम्मर थापाको अध्यक्षतामा बिहिबार र शुक्रबार गरी बैठक सम्पन्न भएको हो। कर्णाली प्रदेश प्रचार विभाग प्रमुख वशन्तकुमार विश्वकर्माकाअनुसार वैठले १४ वटा महत्वपूर्ण निर्णय गरेको छ।

वैठकमा प्रदेश अध्यक्षको प्रतिवेदन, केन्द्रीय सचिवालयको ६९औं वैठकका निर्णयहरूको कार्यान्वय, पोलिटव्युरो र केन्द्रीय कमिटीको वैठकमा सहभागी, विधान संशोधन सुझाव प्रस्तुत, विद्यान राष्ट्रिय सम्मेलनमा प्रतिनिधित्व, दुई महिने संगठन सुदृढीकरण विशेष अभियान, प्रदेश, जिल्ला र पालिकाको वैठकको आयोजना, संगठित सदस्यता नविकरण, जनसंगठनहरूको प्रदेश सम्मेलन, भूकम्प प्रभावितहरूको अस्थायी आवास तथा पुन निर्माण, राष्ट्रिय सभाको निर्वाचनलगात विषयहरूमाथि छलफल भएको नेता विश्वकर्माले जानकारी दिनुभयो।

नेता विश्वकर्माकाअनुसार वैठकले निम्न निर्णय गरेको छः 

निर्णय नं. १ यस अघि वैठकले गरेको निर्णयहरुको कार्यान्वयन अवस्था र २०८० कार्तिक १७ गते राती ११ ४७ वजे जाजरकोट जिल्लाको रामीडाँडामा केन्द्रविन्दु बनाई आएको ६.४ म्याग्नेच्यूटको भूकम्पवाट प्रभावितहरुको उद्धार तथा राहत संकलन, व्यवस्थापन र वितरण साथै अस्थायी आवास निर्माण एवं पुन निर्माण सम्वन्धी तयार पारेको प्रतिवेदन कमिटी अध्यक्ष कमरेड अम्मर बहादुर थापाले वैठकमा प्रस्तुत गर्नु भयो । थप सुझाव सहित उक्त प्रतिवेदन पारित गरियो। प्रतिवेदनको सारांश निम्नानुसार छ।

क. जाजरकोट, सुर्खेत, दैलेख र जुम्लामा जिल्ला कमिटीको वैठक बसेको छ। त्यसैगरी मुगु, डोल्पा, जाजरकोट, दैलेख, रुकुम पश्चिम र सल्यानमा जिल्ला कमिटी पदाधिकारी तथा कार्याालयको वैठक सम्पन्न भएको छ। 

ख. हालसम्म पुराना सदस्यहरुको अध्यावद्यिक संख्या र नयाँ थप हुनु भएका सुर्खेत ६०२, दैलेख ७९६, हुम्ला ९९९, डोल्पा १२५६, कालिकोट २१०३, रुकुम पश्चिम २९६ र जाजरकोट ३६ जना गरी ६०८८ जना संगठित सदस्यहरुको नामावली प्रदेश कार्यालयमा प्राप्त भएको छ।

ग. पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपाल, उपाध्यक्ष जयन्ती राई,उपमहासचिव एवं प्रदेश इन्र्चाजं  प्रकाश ज्वाला, प्रदेश अध्यक्ष अम्मरबहादुर थापा, प्रदेश सहइन्चार्ज तथा पोलिट्ब्युरो सदस्य क शेर बहादुर के.सी र हंशबहादुर शाही र केन्द्रीय सदस्य पार्वती विशुन्के भुकम्प प्रभावित क्षेत्रमा पुगि सहयोग गर्नु भयो। यस कार्यमा प्रदेश उपाध्यक्ष ठगेन्द्र प्रकाश पुरी र जिल्ला इन्चार्ज  देवी ओलीले रुकुम पश्चिममा र प्रदेश सचिव कृष्ण वि.सी. र जिल्ला अध्यक्ष कमान खड्काले जाजरकोटमा रही सक्रिय भुमिका निर्वाह गर्नु भयो।

घ. हालसम्म युवा संघ नेपालको सहयोगमा रुकुम पश्चिममा १९ वटा र जाजरकोटमा १० वटा भुकम्प प्रभावितहरुको अस्थायी आवास निर्माण भएका छन्। अनेरास्ववियू, अनेमसंघ समाजवादी, केन्द्रीय सचिव गरिमा शाह, चिनियाँ कम्युनिष्ट पार्टी यूनान प्रान्तले राहत उपलब्ध गराउन सहयोग गरेका छन्। सरकारी निकायको एकद्धार प्रणालीबाट भुकम्प प्रभावितहरुलाई राहत पुर्याउन सहज भएको छ।

निर्णय नं २. केन्द्रीय सचिवालयको ६९ औं वैठकको निर्णयअनुसार तोकिएको मिति र स्थानमा आयोजित वैठकमा यस प्रदेशमा कार्यक्षेत्र हुनु भएका पोलिट्ब्युरो र केन्द्रीय कमिटी सदस्यहरु अनिवार्य रुपमा सहभागी हुने निर्णय गरियो।

निर्णय नं ३. यही मंसिर मसान्तभित्र वैठक वसी विधानमा गरिने संशोधनका विषयमा आवश्यक सुझाव प्रदेश तथा केन्द्रमा पठाउन जिल्ला र पालिका कमिटीलाई  निर्देशन दिने र प्राप्त सुझाबहरुलाई एकीकृत गरि प्रदेश कार्यालय कमिटीले केन्द्रमा पठाउने निर्णय गरियो ।

निर्णय नं ४. यही २०८० माघ १४ र १५ गते विधान संशोधनका लागि काठमाण्डौमा आयोजित राष्ट्रिय सम्मेलनमा केन्द्रीय सचिवालयको वैठकले तोके वमोजिम केन्द्रीय कमिटी, केन्द्रीय आयोगहरु, केन्द्रीय सल्लाहकार परिषद, केन्द्रीय जेष्ठ कम्यूनिष्ट मञ्च, केन्द्रीय परिषद सदस्य तथा जिल्ला अध्यक्षहरु प्रतिनिधिका रुपमा सहभागी हुने निर्णय गरियो ।

निर्णय नं ५. पार्टीको नीतिलाई जनसमक्ष पु¥याउन, संगठनलाई प्रभावकारी रुपमा परिचालन गर्न र जनसरोकारका विषयहरुलाई उठाउन केन्द्रीय सदस्यहरुको खटनपटनमा केन्द्रद्धारा संचालन गरिने दुई महिने संगठन सुदृढिकरण अभियान सफल पार्न प्रदेश, जिल्ला र पालिका तहका कमिटीलाई सक्रिय बनाउने निर्णय गरियो ।

निर्णय नं ६. संगठित सदस्यता सम्बन्धमा निम्न निर्णयहरु गरियो ।

क. हालसम्म नविकरण गरेका संगठित सदस्यहरुको नामावली केन्द्रमा पठाउने ।
ख. देहायका जिल्लाबाट थप हुनु भएका संगठित सदस्यहरुको नामावली अनुमोदन गरियो ।
ग. संगठित सदस्यता नविकरण र थप गर्ने कार्यलाई प्रभावकारी बनाउन सवै जिल्लाले यसबारे अभियानको कार्ययोजना बनाई संचालन गर्न निर्देशन दिने ।

निर्णय नं ७. भुकम्प प्रभावितहरुलाई सहयोग गर्ने विषयमा देहायको निर्णय गरियो ।

क. प्रदेश कार्यालयबाट पचास हजार रुपैयाका दरले रुकुम पश्चिम र जाजरकोटमा पठाएको राहत सहयोग रकम एकलाख रुपैया अनुमोदन गरियो ।
ख. अस्थायी आवास निर्माणका लागि केन्द्रबाट प्राप्त हुने दुई लाख रुपैयामा प्रदेशबाट चालिस हजार रुपैया थप गरी रुकुम पश्चिममा एक लाख र जाजरकोटलाई एकलाख चालिस हजार सहयोग गर्ने ।
ग. पार्टी महासचिव क. घनश्याम भुसालको निर्देशनमा युवा संघ नेपालका लागि पार्टी केन्द्रले लिएको सापटी रकम दुई लाख रुपैया पार्टी केन्द्रवाट फिर्ता लिने ।
घ. अस्थायी आवास निर्माणका लागि स्रोत संकलन गर्न तथा स्थलगत रुपमा कार्य सुचारु गर्न देहाय वमोजिमको स्रोत ब्यवस्थपन तथा स्वयंसेवक परिचालन कमिटी गठन गरियो।
संयोजकः अम्मर वहादुर थापा
सदस्यः ठगेन्द्र प्रकाश पुरी
सदस्यः कृष्ण बहादुर वि.सी
सदस्यः देवी ओली
सदस्यः धर्म बहादुर शाही
सदस्यः हरि के.सी.
सदस्यः कमान बहादुर खड्का
सदस्यः जंगबहादुर शाही
सदस्यः वसन्तकुमार विश्वकर्मा
ङ. जाजरकोट, रुकुम पश्चिम, सल्यान र दैलेख वाहेक अरु जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश कमिटी सदस्य र प्रदेश आयोगका सदस्यहरुले न्यूनतम  १,००० ( राहत सहयोग गर्ने।

च. अस्थायी आवास निर्माणका लागि प्रति घर पचास हजारका दरले अनुदान दिने नेपाल सरकारको निर्णयलाई  स्वागत गर्दैै पुनः निर्माण प्राधिकरण गठन गरी तत्काल पुनः निर्माण कार्य अघि बढाउन नेपाल सरकारलाई सुझाव दिने निर्णय गरियो।

निर्णय नं ८. केन्द्रीय कमिटीको वैठक पछि प्रदेश, जिल्ला र पलिकाको वैठक बस्ने निर्णय गरियो।

निर्णय नं ९. कर्णाली प्रदेशका जनसंगठनहरुले प्रदेश अधिवेशन अविलम्ब गर्न जनसंगठनहरुलाई निर्देशन दिने निर्णय गरियो।

निर्णय नं १०. संघिय संसद नेपाल, राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनसंग गठबन्धन कायम गरी कर्णाली प्रदेशमा हाम्रो पार्टीको तर्फवाट कम्तिमा एक सिट कायम राख्न पार्टी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरियो।

निर्णय नं. ११. दैलेख जिल्ला कमिटीले गरेको निर्णय वमोजिम अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्षहरु  मायाराम अधिकारी र निरकबहादुर शाही, उपसचिवहरु खजुरा सुजी र रमेश के.सी.को जिम्मेवारीलाई अनुमोदन गर्ने निर्णय गरियो।

निर्णय नं १२. पार्टी विधानको धारा ६४ को खण्ड (क) को उपखण्ड १ देखि ६ सम्मको कार्य गरेको हुनाले केन्द्रीय सदस्य तथा प्रदेश उपसचिव गोपाल बंमलाई साधारण सदस्य समेत नरहने गरि निश्कासनको लागि केन्द्रमा सिफारिस गरिएको छ।

यसै गरि प्रदेश सदस्य अम्मराज शाही र चन्दु वुढालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निश्काशन गरिएको छ। एवं प्रकारले मुगु जिल्ला कार्यालय सचिव नेता प्रसाद चौलागाई, जिल्ला सदस्य श्याम बहादुर शाही, पशुपति शाही र कृष्ण बहादुर ऐडीलाई जिल्ला कमिटी मुगुले साधारण सदस्य समेत नरहने गरि निश्कासन गरेको कारवाहीलाई अनुमोदन गरिएको छ।

निर्णय नं १३. डोल्पा जिल्ला, ठूलीभेरी-६ निवासी प्रदेश कमिटी सदस्य धर्मबहादुर बुढाको कारवाही फुकावा गरी साविक जिम्मेवारीमा रही क्रियाशिल हुन निर्देशन दिने निर्णय गरियो।

निर्णय नं १४. यो वैठक यही २०८० कार्तिक १७ गते राती ११ः४७ बजे आएको भुकम्पमा परि जीवन गुमाएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गदै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ।