जुम्ला। जिल्लाको हिमा गाउँपालिकाद्वारा पालिकाभित्रका अन्तर माध्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सम्पन्न भएको छ।
मंसिर १५ गते सुरू भएको प्रतियोगिता १७ गते सम्पन्न भएको हो। प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीको प्रमुख आतित्थ्यता एवं गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीको विशिष्ट आतित्थ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो।
प्रतियोगितामा कालिका मावि तलिकुडुले १० स्वर्ण, ८ रजत र ६ कास्य पदकसहित प्रथम स्थान हासिल गरेको छ। त्यस्तै ६ स्वर्ण, ६ रजत र ६ कास्यसहित भानु मावि पाथरखोला देस्रो र ६ स्वर्ण २ रजतसहित राहदेव मावि मोफ्ला तेस्रो स्थान प्राप्त गरेको छ।
प्रतियोगितामा विभिन्न विद्यायलका शिक्षक, पत्रकार, सुरक्षाकर्मी, खेलाडी, कर्मचारीलगायतको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ।