काठमाडौँ। युवा संघ नेपालका नेता नरेश गिरीको नेतृत्वमा पश्चिमरूकुमको आठविसकोट नगरपालिकामा करिब एक दर्जन अस्थायी टहरा निर्माण गरिएका छन्।
एक साताअघि भूकम्प प्रभावित क्षेत्रमा पुगेको युवा संघका नेता गिरीको नेतृत्वमा अनेरास्ववियूका नेताहरूसमेत मिलेर अस्थायी टहरा निर्माण गरिरहेका छन्।
नेता गिरीकाअनुसार गत कात्तिक १७ गते राति गएको भूकम्पबाट जाजरकोट र रूकुमपश्चिममा ठूलो जनधनको क्षति भएको थियो।
चिसोको कारण भूकम्पपीडितहरूको ज्यान थालेपछि नेकपा (एकीकृत समाजवादी) निकट युवाहरू प्रभावित क्षेत्रमा पुगेर अस्थायी टहरा निर्माणमा जुटेका हुन्।
अनेरास्ववियू रूकुमपश्चिमका अध्यक्ष रमेश मल्लकाअनुसार ३० जना युवाहरूले आठविसकोट नगरपालिका १४ ज्मामिरकोटमा अस्थायी टहरा निर्माण गरिहेका छन्।