लोकतन्त्र र धर्म



सर्लाही, नेपालगन्ज, अलिअलि पहाडतिर पनि र धरानमा एक खालले कन्फ्लिक्ट चलिरहेको छ । कतिपय भूमिगत खालका कन्फ्लिक्ट पनि छन्, ती कुनै बेला निस्कन सक्छन् । गाईको मासु खान हुने कि नहुने, नहुने भए किन नहुने भन्ने कुराहरू छन् । गेरुवस्त्रधारी जुलुसको चर्चा पनि आयो । यस्ता खाले घटनाहरू नेपालमा पहिले नभएका होइनन्, संसारभर नभएका पनि होइनन् । अमेरिकालाई उदार भनेर अस्ति एकजनाले लेख्नुभयो । त्यहाँको विहङ्गम जातीय द्वन्द्व हामीलाई थाहा छ । स्लेभरी (दासता) को बारेमा थाहा छ, पहिले ट्रम्प लगायतले चर्काइरहेको जातीय द्वन्द्वका बारेमा थाहा छ । समस्या संसारभरि छ ।

यसको अर्थ यसलाई सामान्यकरण गरौँ, यो सामान्य र सधैँ भइराख्ने कुरा हो भन्ने हुँदै होइन । यसका पछाडि खासखास किसिमका तात्कालिक राजनीतिक, आर्थिक, सामाजिक र बौद्धिक कुराहरू हुन्छन् । जुन केहीबेर मत्थर हुन्छ, अनि खास किसिमको राजनीतिक र आर्थिक परिस्थितिमा त्यो फेरि उब्जन्छ । सधैँ द्वन्द्व भइराख्दैन, कुनै बेला उजागर हुन्छ, कुनै बेला त्यो सुषुप्त अवस्थामा रहन्छ । उजागर हुने कारण के हो त ? आँखा त्यहाँनेर पुर्‍याउनुपर्छ ।

धर्मराज्य भयो भने हामी परम्पराबाट बढी निर्देशित हुन्छौँ । त्यो परम्पराका केही राम्रा कुरा होलान् तर कतिपय नराम्रा कुरा छन् । हाम्रो परम्परामा क्रिटिकल सिटिजन बनाउने भन्ने छैन, त्यसबाट हामी विमुख हुन्छौँ । हाम्रो परम्परामा बलियो गरी जात र जातीयताको कुरा छ, लैंगिक कुरा छ ।
नेपाल कस्तो किसिमको राज्य बन्नुपर्छ भन्ने छलफल छ । प्रधानमन्त्री आफैँ गेरुवस्त्र लगाएर देशबाहिर वा देशभित्र डुल्याडुल्यै हुनुहुन्छ । कांग्रेसका सशांक कोइरालाले हिन्दु देश बन्नुपर्छ भन्नुभा’छ । यसो भन्ने धेरै छन् । यस्तो प्रवृत्ति एमालेमा पनि छ, राप्रपामा कुरै भएन । यसमाथि हामीमा यो पनि थाहा छ कि भारतमा जुन हिन्दुत्ववादी धार छ, त्यसले अहिले काम गरिरहेको छ ।

मेरो एकजना नजिकको साथीको छोरा, जिन्दगीमा ठूलो अचिभमेन्ट गर्‍या, रिटायर्ड भएपछि उहाँले यो जिल्लाको प्रमुख भएँ भन्नुभयो, आरएसएस (राष्ट्रिय स्वतन्त्र संघ) को । यस्ता घटना पनि भइरहेका छन्। मैले उहाँलाई केही भन्न त सकिनँ, तर धेरै दुःखी भएँ। भोलि (मंसिर ७) दुर्गा प्रसाईंको कुरा पनि छ । यस कारण केही न केही ठुलै कुरा पाकिरहेको जस्तो देखिन्छ। कति ठूलो हुन्छ, थाहा छैन। त्यसैलाई मत्थर पार्न हो कि भोट पाउनलाई हो– प्रधानमन्त्री र राष्ट्रपतिले मन्दिर लगायत धार्मिक स्थानमा जाने गरेका छन्। पहिले राजाले जे जे गर्थे, त्यो गरिराखेको हामीले देखेको छौँ। संविधानमा यो सेकुलर मुलुक हो भनेर लेखेको भए पनि यो खालको निरन्तरता पार्टीबाट, नेताबाट, सरकारका नेताबाट भइराखेको देखिन्छ।

लोकतन्त्र र धर्म

लोकतन्त्र भनेको के हो? धर्म भनेको के हो? लोकतन्त्र र धर्मलाई मिसाउन हुन्छ कि हुँदैन? लोकतान्त्रिक पद्धतिमा धर्म मिसिन्छ कि मिसिँदैन, धर्मलाई ठाउँ हुन्छ कि हुँदैन । यसैमा आज चर्चा गर्नेछु ।

पहिलो प्रश्न त, हामीले लोकतन्त्रलाई राम्रोसँग बुझ्यौँ कि बुझेनौँ भन्ने पनि हो । यो राजनीतिक परिवर्तनमा हामीले के भन्यौँ भने निर्दलबाट मुक्ति चाहियो, त्यसकारण दल चाहियो, दल भएपछि मुक्ति हुन्छ । दलीय चुनाव भएपछि अरु कुरा हुँदै गर्छ, परिवर्तनका वाहक दल हुन्, दल भएपछि हुन्छ जस्तो गर्यौँ हामीले । त्यसकारण दलीयकरण एकदमै द्रूत गतिमा अघि बढे । राजनीतिक पार्टीका आधारमा डाक्टरको चुनाव, प्राध्यापकको चुनाव, विद्यार्थीको चुनाव, वन समितिको चुनाव, सबै सबै, ऊ एनआरएन दलले खायो ।

लोकतन्त्रचाहिँ पार्टी, सरकार र चुनाव मात्रै होइन, लोकतन्त्रका धेरै पाटा छन् । लोकतन्त्र भनेको राजनीतिक सिभिल प्लाटफर्म, पब्लिक प्लाटफर्म भनेर सम्झनुपर्छ । सार्वजनिक, राजनीतिक र नागरिकको प्लाटफर्म हो यो ।

लोक भन्ने शब्द लौकिकबाट आउँछ । लोक र लौकिकको रूप एउटै हो । जनता भनेको यो लोक अर्थात् अहिले देखिने इम्पिरिकल (प्रयोगसिद्ध) लोकसँग सम्बन्धित छ, देवलोकसँग होइन । त्यसकारण लोकतन्त्र यो संसारसँग रिलेटेड हो, परलोक, इहलोक, दैवलोक, धर्मलोकसँग होइन ।

हामीलाई भौतिक र आध्यात्मिक भन्ने बानी परेको छ । वास्तवमा भौतिक भनेको सांसारिक हो । सांसारिक भनेको भौतिक पनि हो, मानसिक पनि हो, वैचारिक पनि हो, सबै हो । त्यहाँ दया, माया, करुणा सबै कुरा हुन सक्छ । हामीले भौतिक भनेर यस्तो निक्खर भौतिकको कल्पना गर्यौँ– जीव नभएको, ज्यान नभएको, माया नभएको मात्रै कल्पना गर्यौँ ।

हामीकहाँ नेताहरूले विभिन्न धर्मका पर्वमा मुबारक ‘शुभकामना’ भनेको पाइन्छ । वास्तवमा अथेन्टिक धर्मनिरपेक्षता भनेको राज्यसत्तामा धर्मलाई छिराउने नै होइन, मुबारकको कुरै होइन । धर्म छुट्टै हो, राज्य छुट्टै हो । अमेरिकाका अदालतमा क्रिस्चियन क्रसहरू सबै सिद्धियो, त्यहाँ राख्न पाइँदैन । त्यो धर्मको चिनो हो र राज्यको सञ्चालनमा धर्म छिर्नु हुँदैन भन्ने सिद्धान्त त्यहाँ छ । सांसारिकभित्र आध्यामिक अट्छ । त्यसकारण भौतिक र आध्यात्मिक कन्ट्रास्ट (विपरीत) होइन । भौतिक त हामीलाई चाहिन्छ, उभिने ठाउँ वा बस्ने ठाउँ चाहियो । त्यसकारण सांसारिक र आध्यात्मिक भन्न थालियो भने कुरा मिल्छ जस्तो लाग्छ । सांसारिकभित्र सबै कुरा पर्छ ।

नेपाली बृहत शब्दकोशमा हेर्यौँ भने लौकिकले लोकसँग सम्बन्धित भन्ने अर्थ दिन्छ । जस्तैः लौकिक विवाह, वैदिक वा धार्मिक विवाह विधि अनुसार नगरी वर–वधु स्वयं संलग्न भएको विवाह । लौकिकभित्र राजनीतिक, लेनदेन वा आर्थिक आदि कुरा पर्छन् ।

हाम्रो सेकुलर मुलुक भनेको के हो त ? राज्यचाहिँ सेकुलर भन्या हो । निजी जीवनमा हामी जेमा पनि विश्वास गर्न सक्छौँ । हामी भूत, प्रेत, देवी–देवता, सारा कुरामा विश्वास गर्न सक्छौँ । पूजा गर्न सक्छौँ । धर्मनिरपेक्ष राज्य भनेको राज्यको कुरा गरेको मात्रै हो, हाम्रो घरको कुरा गरेको होइन । कपडाभित्र लुकाएर जनै लगाउन हुँदैन भनेको होइन । भनेको के हो भने, राज्य सञ्चालन गर्ने दौरानमा जनै बाहिर देखाएर पाठ गर्न पाइँदैन भन्या हो । धार्मिक रेप्रेजेन्टेसन र राज्य छुट्टाछुट्टै हुन् ।

पार्टी र चुनावबाहेक पनि लोकतन्त्रका धेरै आयाम छन् । लोकतन्त्र भनेको समस्त सामाजिक सम्बन्ध कसरी रिकास्ट गर्ने, हाम्रो परम्परा कसरी पुनगर्ठित गर्ने, परम्परा भन्नाले लैंगिक, जातीय आदि परम्परा कसरी पुनगर्ठित गर्ने भन्ने कुरा हो । आर्थिक सम्बन्धहरू कसरी पुनगर्ठित गर्ने भन्ने हो । के कुरा पढाउने भन्ने पनि हो । लोकतन्त्र आएपछि स्कुलको टेक्स्ट बुकमा पनि चेन्ज हुन्छ । यी कुरातिर हाम्रो ध्यान गएको छैन । पार्टी र चुनावबाहेक अरु कुरामा ध्यान गएन ।

सार्वजनिक रूपमा हामी रिलिजियस हुन मिल्छ कि मिल्दैन भन्नेबारे छलफल गर्नै बाँकी छ । परिवर्तित समाजले हामीलाई के खाले ज्ञान दिनुपर्छ, के खाले सूचना लिन सिकाउनुपर्छ रु स्वस्थानी नै भए पनि त्यसलाई कसरी नयाँ आँखाले हेर्ने रु यो संसारलाई कसरी नवीन आँखाले आत्मसात गर्ने आफैँ सशक्त नागरिक भएर रु नागरिक आफ्नै खुट्टामा उभिन्छ, ठाडो भएर हेर्न सक्छ, कसैले भनेको मान्नैपर्छ भन्ने छैन तर कानुनबमोजिम आफ्नै बुद्धि–विवेकले काम गर्छ नागरिकले । सशक्त नागरिक बन्ने प्रक्रिया लोकतन्त्रअन्तर्गत सुरु हुनुपर्छ ।

अरु धर्म त भन्दिनँ, हिन्दुइजम्भित्र धर्मलाई दुई किसिमले लिइन्छ । एउटा ईश्वरवाद भयो । अर्को चाहिँ कन्डक्ट ९आचरण०, के गर्नुपर्छ, के गर्नु ठिक भयो रु प्रोफेसर भएर के गर्नु ठीक हुन्छ, डाक्टर भएर के गर्ने, बाबु भएर के गर्ने, आमा भएर के गर्ने– यी सबै आ–आफ्ना धर्म भए । अर्कोचाहिँ ईश्वरलाई मान्ने कुरा पनि आउँछ । कन्डक्ट र लोकतन्त्रमा धेरै भेद छैन । ईश्वरवाद र लोकतन्त्रको कुरामा भने ठूलो भेद छ । भौतिक र सांसारिक कुरासँग ईश्वरवाद मिल्न सक्दैन । किनभने सांसारिक भनेको संसारबारे सम्बन्धित छ, ईश्वरवाद भनेको परलोकबारे ।

राजनीति कमजोर भयो भने, धर्मतिर फर्कनुपर्‍यो, त्यहाँबाट पनि बल लिनुपर्‍यो । समाजलाई उन्नत लोकतन्त्रतिर लैजान नसकेपछि पशुपति पनि धाउनुपर्‍यो, गेरुवस्त्र पनि लाउनुपर्‍यो ।

लोकतान्त्रिक मुलुकको धर्म के हो भन्ने प्रश्न आउला । नागरिकबिना लोकतन्त्र हुँदैन । नागरिकत्व ९नागरिकमा हुने गुण०को परिपालन र त्यसको विस्तार लोकतान्त्रिक मुलुकको धर्म हो ।

अथेन्टिक धर्मनिरपेक्षता भनेको धर्मबाट छुट्टै बस्ने हो । कुनै कार्यालयको भवन बनाउँदा तल खाल्डोमा गएर पूजा गर्ने होइन । हामीकहाँ जुन मोलुवा व्यवहार छ, त्यो ग्राह्य छ, किनकि त्यसले सामाजिक स्वीकारोक्ति र भोट तान्छ । नागरिकलाई अनुशासित प्रश्न गर्ने पाउने अधिकार हुन्छ । सबै नागरिक बराबर हुन् भन्ने लोकतान्त्रिक मुलुक र नेताले गरेर देखाउनुपर्छ । यो बिस्तारै हुन्छ, एकैचोटि हुँदैन तर त्यो बाटोमा त हिँड्नुपर्‍यो । हाम्रो मूल धर्मग्रन्थ संविधान हो ।

धर्म निरपेक्ष नभए के हुन्छ त ? मानिलिउँ हामी धर्मराज्य भयौँ । धर्मनिरपेक्षता भन्ने क्लज संविधानबाट गयो र धर्मराज्यको बाटोमा हामी हिँड्यौँ भने के हुन्छ? अथवा, धर्मसापेक्ष भयो भने के हुन्छ ।

धर्मराज्य भयो भने हामी परम्पराबाट बढी निर्देशित हुन्छौँ । त्यो परम्पराका केही राम्रा कुरा होलान् तर कतिपय नराम्रा कुरा छन् । हाम्रो परम्परामा क्रिटिकल सिटिजन बनाउने भन्ने छैन, त्यसबाट हामी विमुख हुन्छौँ । हाम्रो परम्परामा बलियो गरी जात र जातीयताको कुरा छ, लैंगिक कुरा छ । यी सबै फेरि उठान भएर आउँछन् । यो त पहिलेदेखिको चलन हो, कहाँ मास्न पाइन्छ भन्ने आवाज हाबी हुन्छ । शासकहरूले, अझ राजतन्त्र फक्र्यो भने त्यसका शासकले देवताका एजेन्ट भएर काम गर्छन् । अहिले पनि हाम्रा हरेक मिलिट्री, पुलिसको अफिसमा मन्दिर स्थापना गर्नैपर्ने छ, त्यो झन् चर्केर जान्छ । लोकतन्त्रमा त अलौकिक तत्वहरूलाई दुर्बल तुल्याउनुपर्छ।

यस्तै, जातीयता बलियो हुँदा के हुन्छ भन्ने प्रश्न छ । यसो भयो भने लोकतान्त्रिक भन्ने कुरा बाँकी रहँदैन । जातीय चिफहरूले राज्य चलाउने भन्ने कुरा आउँछ । जुन कि युद्धकालमा धेरै ठाउँमा हुन्छ । अफगानिस्तानमा भयो । अनि कुल, खान्दान, वंशमा आदिमा बढी आधारित हुन थाल्छ समाज अहिलेको भन्दा । कडा इस्लामिक मुलुकमा अहिले पनि राजतन्त्र छ । राजतन्त्र, अलोकतान्त्रिक मुलुक र धर्मको सम्बन्ध छ । राजै नभए पनि के हो के हो जस्तो इन्डियामा भएको छ । धर्मलाई जोड्दा के लाभ हुन्छ भन्ने कुरा उनीहरूले राम्रोसँग बुझेका छन् ।

लोकतान्त्रिक मूल्य–मान्यतामा ह्रास आउनु भनेकै परम्परालाई बलियो बनाउनु हो । पहिलेको श्रेणीबद्ध सामाजिक विभाजनलाई थप बलियो बनाउने हो ।

हाम्रो संविधानमा जे छ, अहिले पनि एकदम मोलुवा छ तर केही किसिमको सेकुलारिटी लेखिएको छ, व्यवहारमा कम होस् । त्यसलाई पनि सिध्याउने हो भने, हाम्रो व्यवहार अझ बढी दूषित हुँदै जान्छ ।

धर्मनिरपेक्षतालाई दुई किसिमले बुझिन्छ । एउटा बुझाइ, जसलाई मैले मोलुवा वा हल्का भन्छु । धर्मनिरपेक्षता भनेको राज्य र राजनीतिक नेताहरूले सबै धर्मलाई बराबरी रूपमा लिन्छन् । हामीकहाँ नेताहरूले विभिन्न धर्मका पर्वमा मुबारक (शुभकामना) भनेको पाइन्छ । वास्तवमा अथेन्टिक धर्मनिरपेक्षता भनेको राज्यसत्तामा धर्मलाई छिराउने नै होइन, मुबारकको कुरै होइन । धर्म छुट्टै हो, राज्य छुट्टै हो ।

अमेरिकाका अदालतमा क्रिस्चियन क्रसहरू सबै सिद्धियो, त्यहाँ राख्न पाइँदैन । त्यो धर्मको चिनो हो र राज्यको सञ्चालनमा धर्म छिर्नु हुँदैन भन्ने सिद्धान्त त्यहाँ छ । कति ठाउँमा छिर्न दिएको छैन, कति ठाउँमा छिर्दै छ फेरि अहिले । क्रिस्चियन राइट्स बलियो भएर आएको छ, ट्रम्प अलिकति त्यसको उपज पनि हो ।

अथेन्टिक धर्मनिरपेक्षता भनेको धर्मबाट छुट्टै बस्ने हो । कुनै कार्यालयको भवन बनाउँदा तल खाल्डोमा गएर पूजा गर्ने होइन । हामीकहाँ जुन मोलुवा व्यवहार छ, त्यो ग्राह्य छ, किनकि त्यसले सामाजिक स्वीकारोक्ति र भोट तान्छ ।

हाम्रो बाटो अर्कै हो । अलौकिकबाट हामी लौकिकतर्फ जानुपर्छ । लोकतन्त्र सिभिल समाजसँग मात्रै सम्बन्धित छ । अनसिभिल गड्ली, प्रिस्ली कुरासँग सम्बन्धित छैन । यो जीवित मान्छेहरूसँग सम्बन्धित छ, भूत–प्रेत, देवीदेतासँग सम्बन्धित छैन । घरभित्र नेता भक्त भए भयो, जनै लगाएर पूजा गरे भयो, बलि दिए भयो तर राज्यसँग सम्बन्धित कुनै पनि काम–कारबाहीमा ती कार्य त्याज्य छन् । लोकतन्त्रको एसेन्स ९सार० चाहिँ यही हो ।

अहिले नेपालमा सेकुलारिजम् सिद्धिन लाग्यो कि धर्मतिर फर्कन लाग्यो कि भन्ने त्रास छ । पहिले संविधान–संविधान भनिन्थ्यो । अचेल कसैले रेफर गर्दैन । लोकतान्त्रिक मुलुकको यो राम्रो सिम्बोल नै होइन । किनभने मूल डकुमेन्ट नै संविधान हो । त्यो मुलुकको ‘पोलिटिकल डोमेन’ ९राजनीतिक क्षेत्र० को गीता हो । अर्कोतिर, सरकारको पर्फर्मेन्स कम भयो, दलीयकरणको हद पनि भयो । अहिले संसारभरि राइटिस्ट हावा पनि चलिरहेको छ । यसले नेपालमा तत्कालै फरक नपर्ला, यद्यपि फरक नपर्ने त होइन । इन्डियासँगको सम्बन्धले हामीलाई एकदमै असर गर्छ।

‘प्रोपेसर चैतन्य मिश्र फाउन्डेसन फर सोसल साइन्स र डिपार्टमेन्ट अफ सोसियोलजी, पद्मकन्या क्याम्पसले बुधबार काठमाडौँमा गरेको प्यानड डिसकसनमा मिश्रले ‘लोकतन्त्र र धर्म’ शीर्षकमा राखेका धारणाको सम्पादित अंश ।’