८३औं गोपाष्टमी पर्व सम्पन्न (फोटो फिचर)



काठमाडौँ। ८३औं गोपाष्टमी पर्व सम्पन्न भएको छ।

सोमबार मारबाडी सेवा समितिद्वारा सञ्चालित श्री पशुपति गौशाला धर्मशालाको ८३औं स्थापना दिवसका अवसरमा उक्त पर्व सम्पन्न भएको हो।

धर्मशालाका अध्यक्ष चतुर्भुज सरियाको अध्यक्षता तथा नेपाल राष्ट्रिय मारवाडी परिषद्का पूर्व अध्यक्ष तथा समाजसेवी चिरंजीलाल अग्रवालको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा धर्मशालाका महासचिव महावीर घिराईयाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा मन्तव्य तथा शुभकामना सन्देश वाचन गर्ने वक्ताहरुले गाईको पूजा गर्नुको अर्थ, महत्व, गरिमा आदीका बारेमा आफ्ना भनाईहरु राखेका थिए।

कार्यक्रममा मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयल, नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तल, पशुपति गौशाला धर्मशालाका निवर्तमान अध्यक्ष विजयकुमार चौधरी, मारवाडी सेवा ग्राम गोधाम धार्केका संयोजक भवानीशंकर मिण्डा, पण्डित मानवेन्द्र शर्मा, गौशाला प्रहरी वृत्तका नायब उपरिक्षक केशवकुमार थेवेलगाययतका समाजका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

गौशालामा हाल ८० वटा दुहुना गाइ रहेका छन्। दुध नदिने गाईको संख्या ६७ रहेको छ भने सानो बाछा २० वटा, बाच्छा २८ वटा, कोरेली बाच्छी ३२ वटा, बहर १३ वटा र ४ वटा साँढेसहित २४४ वटा रहेका छन्।

तस्बिर: मुकुन्द कालिकोटे