लिस्बन। पोर्चुगलले शत प्रतिशत नतिजा कायम राख्दै आफ्नो युरो २०२४ छनोट अभियान अन्त्य गरेको छ।
आइसल्याण्डलाई २–० ले हराउँदै पोर्चुगलले १० खेलमा १० औँ जीत हासिल गरेको हो। खेलको ३७औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले बर्नार्डो सिल्भाको पासमा टोलीलाई अग्रता दिलाए।
दोस्रो हाफमा आइसल्याण्डका गोलकिपरले क्रिस्टियानो रोनाल्डोको प्रहारलाई बचाऊ गरेपछि रिकार्डो होर्टाले टोलीका लागि दोस्रो गोल गरे। गत जनवरीमा रोबर्टो मार्टिनेजलाई म्यानेजरमा नियुक्त गरेपछि सन् २०२३ मा पोर्चुगलले सबै खेल जितेको छ।