हुम्ला गोल्डकप २०८० को आयोजना



काठमाडौँ। हुम्ला एकेडेमी हुम्लाले हुम्ला गोल्डकप २०८० को आयोजना गरेको छ ।

‘हुम्लाको लागि फुटबल: नेपाली सबैको लागि फुटबल’: ‘स्वास्थयको लागि खेलकुद:राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ हुम्ला फुटबल एकेडोमीको आयोजनामा मंसिर ४ गतेदेखि उक्त प्रतियोगिता सुरु हुने आयोजकले जनाएको छ।

हुम्ला जिल्लाकै खेलकुदको इतिहासमा सर्वादिक पुरस्कार राशिको फुटबल प्रतियोगिता यहि मङ्सिर ४ गतेबाट हुम्ला सदरमुकाम सिमकोटमा हुनेछ। जिल्लाका खेलप्रेमीहरुलाई खेलमैदानमा उपस्थितिका लागि आयोजक एकेडेमीले चुलेनिम्तो दिएको छ।