काठमाडौं। अभिनेत्री दिपाशा बीसीको निधन भएको छ।
स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको थियो।
‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन्। उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो।