अध्यक्ष नेपाल र गायक योगीबीच भेटवार्ता



काठमाडौँ। पूर्व-प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष्य माधव कुमार नेपाल र लोकप्रिय गायक शिशिर योगीबीच भेटवार्ता भएको छ।

आइतबार अध्यक्ष नेपाल निवास कोटेश्वरमा गायक योगीले अध्यक्ष नेपाललाई भेटेको पार्टीकी पोलिट्ब्युरो सदस्य दिलु पन्तले जानकारी दिएकी छन्। नेता पन्तका अनुसार भेटमा अध्यक्ष नेपाल र गायकबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो।

भेटमा देश र जनताका गीत गाएर योग्दान दिएको भन्दै अध्यक्ष नेपालले गायक योगीको प्रशंसा गरेका थिए। अध्यक्ष नेपालले भनेका छन्, ‘कलाकारहरुले देशको शीर उच्चराख्न, परिर्वतनलाई संस्थागत गर्न, जनताको मनोवल बढाउन, नेपाली संस्कृतिको जर्गेना गर्नमा ठूलो भूमिका खेल्नु भएको छ। हाम्रा श्रष्ठाहरुले सकारात्मक सन्देश प्रवाह गर्न साहित्य र सिर्जनाको प्रयोग गरेर समाजलाई गतिशीलता प्रदान गर्नु भएको छ। खासगरी राष्ट्रियभावनालाई उच्च राख्न आम जनताका गीत गाइरहनु भएको छ। आगामी दिनमा यस्तै गीत संगीतलाई निरन्तरता दिनुपर्छ।’