सर्वोच्चको फैसला सरकारले सम्मान गर्छ: मन्त्री ज्वाला



काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले योगराज ढकाल रिगललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले सम्मान गर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री ज्वालाले रिगलको कैद मिनाहालाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले सम्मान गर्ने बताएका हुन् । उनले सरकारले कुनैपनि निर्णय गर्दा संविधान, नियम र कानूनलाई ध्यानमा राखेर गर्नुपर्ने सुझावको रुपमा यो फैसलालाई लिएको बताए ।

मन्त्री ज्वालाले सरकारले निर्णय गर्दाखेरी नै विचार गर्नुपर्ने अवस्था रहेको भन्दै अब अदालतको निर्णयलाई सम्मान गरेर अगाडि बढ्ने बताए ।मन्त्री ज्वालाले अदालतको कुनैपनि आदेशलाई सरकारले कार्यान्वयन गर्ने स्पष्ट पारे ।