घट्यो डिजेल र मट्टीतेलको मूल्य



काठमाडौँ। नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाउने निर्णय गरेको हो।

घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने निगमले जनाएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ।

n