न्याम्सको सभा सदस्यमा थप दुई जना मनोनित



काठमाडौँ। सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को सिनेट सदस्यमा अमुदा श्रेष्ठ र पदमबहादुर गिरीलाई मनोनित गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले श्रेष्ठ र गिरीलाई सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

उनीहरुलाई प्रतिष्ठान ऐन २०६३ को दफा ७ को उपदफा (२) को (ध) बमोजिम मनोनयन गरिएको भनिएको छ । लब्ध प्रतिष्ठित विज्ञान तथा समाजसेवीहरु मध्येबाट महिला समेत प्रतिनिधित्व हुने गरी क्याबिनेटले श्रेष्ठ र गिरीको मनोनयन गरेको हो । उनीहरुको कार्यकाल तीन वर्षको हुनेछ ।