काठमाडौँ। दशैं, तिहार र छठपर्वको अवसरमा दपर्ण संगीतालय, काठमाडौँले (शुभकामना साँगीतिक साँझ-२०८०) सम्पन्न गरेको छ।
सोमबार साँस्कृतिक संस्थान, नाचघर जमलमा संगीतालयका अध्यक्ष उदिराम खड्काको अध्यक्षता तथा नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको प्रमुख आतित्थ्यतामा उक्त साँझ सम्पन्न भएको हो।
प्रमुख अतिथि शाहीले राज्यले नेपाली साँस्कृतिक क्षेत्रको विकास र समृद्धिका लागि लगानी बढाउनु पर्नेमा जोड दिएका छन्।
उनले भने, ‘हाम्रो परिचय, हाम्रो पहिचान भनेकै हाम्रो संस्कृति हो। हाम्रो साँस्कृतिक मूल्य मान्यताहरू हुन्। यसक्षेत्रको विकासका निम्ति राज्यले लगानी बढाउनु पर्छ। देश भनेको राजनीतिक दल, नेता, सेना, सीमा, सरकार मात्र होइन। राज्य भनेको कला, भासा, साहित्य पनि हो। जनताको पहिचान पनि हो।’
नेता शाहीले डेनमार्ग भ्रमणका क्रममा हासिल गरेको अनुभूतिलाई स्मरण गर्दै भने, ‘संगीतको कुनै भाषा हुँदैन रहेछ। म डेनमार्ग भ्रमणका क्रममा गाडिमा हिन्दी गीत बज्दा पनि हाम्रो नजिकको छिमेकी देशको संगीत हुनुाको नाताले माया लागेको थियो। खासमा संगीतले मान्छेलाई हसाउँन सक्छ। रूवाउन सक्छ। पहिचान दिन सक्छ। खुशी प्रदान गर्न सक्छ। मनोरञ्जन दिने त संगीतको पहिलो काम नै हो।’ नेता शाहीले कुनै दिन आफू राज्यको माथिल्लो निकायमा पुगेको खण्डमा साँस्कृतिक क्षेत्रको उन्नयनका निम्ति काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
कृषि विकास बैंक मुख्य प्रायोजक, नविल बैंक र आइएमी बैंक सहप्रायोजक, गोल्ड स्टार सुज विशेष प्रायोजक रहेको शुभकामना सांगीतिक साँझमा वरिष्ठ सर्जक तथा गायक दुर्गा रायमाझी, चन्द्र शर्मालगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
त्यस्तै प्राज्ञ टिका पुन, नन्दा बस्सेल, गायिका राधिका हमाल, लोक तथा दोहोरी गायक रामजी खाँण, किरण बाबु पुन देउडा गायक टेक बहादुर बोगटी, धर्मराज न्यौपाने (शिशिर), देउडा गायिका दीपा रोकाया, लोक तथा दोहोरी गायक अमृत खाँती, जय देवकोटा, धनराज चुनारा, गायिका सुरू बोहरालगायत दपर्ण सांगीतालयका कलाकारहरूले साँगीतिक प्रस्तुती राखेका थिए।
हलमा जारी चलचित्र ‘प्रदेशी-२’ मा समवेश गीत ‘नभुल्नु है साथी’ बोलका नवोदित गायक मनोज खड्काको प्रस्तुतीले दर्शक दिर्घामा सन्नाटा छायाएको थियो।