काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले समाजवादी जागरण अभियान २०८० भव्यताका साथ सम्पन्न भएको जनाएको छ।
यहि असोज १४ गते झापाको काँकरभिट्टादेखि सुरू भएको समाजवादी जागरण अभियान २०८० कर्णाली प्रदेशको सुर्खेत पुगेर समापन भएको छ।
पूर्व-पश्चिम राजमार्गलाई आधार बनाएर सञ्चालन गरिएको उक्त अभियान समाजवादी व्यवस्था स्थापनाका निम्ति राजनीतिक दलहरूबाट भएको पहिलो प्रयाससमेत हो। यस क्रममा ५० जति साना ठूला सभाहरू सम्पन्न भएको महासचिव घनश्याम भुसालले जानकारी दिनु भएको छ।