‘सेनाको स्थापित परम्परा विपरीत हुने कुरा कल्पना पनि गर्न सक्दिन’



काठमाडौँ। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको परम्पराविपरीत हुने कुरा कल्पना पनि गर्न नक्ने बताएका छन्।

कांग्रेस उपसभापति समेत रहेका खड्काले सेनाको भावी सेनापतिको नाममा आएका समाचार भ्रामक र असत्य भएको बताए। ‘नेपाली सेनाको भावि प्रधान सेनापतिको नाममा मेरो नाम समेत जोडेर केहि संचार माध्यममा लेखिएका कुरा भ्रामक र असत्य भएको कुरा प्रष्ठ पार्न चाहान्छु,’खड्काले भने।

सैनिक ऐन, नियम र नेपाली सेनाको स्थापित परम्पराप्रति आफू प्रतिबद्ध रहेको उनले बताए। ‘सैनिक ऐन, नियम र नेपाली सेनाको स्थापित परम्पराको बिपरित गर्ने र हुन दिने कुरा म कल्पना पनि गर्न सक्तिन, म यसप्रति पूर्णप्रतिबद्ध छु,’ उनले लेखेका छन्।

माओवादीका पूर्वलडाकु एवम् नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारी ९प्रतीक्षा०को पदावधि तीन वर्ष थपेर सरकारले सरकारले सेनापति बनाउन चलखेल गरेको समाचारको रक्षामन्त्री खड्काले खण्डन गरेका छन्।