जनतालाई हाम्रा एजेण्डा सुनाउन अभियान सञ्चालन गरिएको हो: महासचिव भुसाल



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव घनश्याम भुसालले आफूहरूले उठाएका मुद्धाहरू जनतालाई सुनाउन समाजवादी जागरण अभियान सञ्चालन गरिएको स्पष्ट पार्नु भएको छ।

आइतबार कर्णाली प्रदेश, सुर्खेतको छिन्चुमा आयोजित कोणसभालाई सम्बोधन गर्दै महासचिव भुसालले उक्त कुरा बताउनु भएको हो।

उहाँले भन्नुभयो,‘आज मुलुकले झेलिरहेका समस्याबाट कसरी मुक्त गर्न सकिन्छ? भनेर हामीले यो अभियान सुरू गरेका हौं। आज १५औ दिनभयो। कर्णाली प्रदेशको सुर्खेतमा पुगेका छौं। समस्याभन्दा पनि समाधान लिएर जनताबीच आउका छौं। यस क्रममा साना ठूला गरी ५५ वटाभन्दा धेरै सभाहरू सम्पन्न गरेका छौं।’

रोजगारी, सुशासन, समृद्धि र समाजवादका निम्ति अनेकौं चरणका कार्यक्रमहरू सञ्चालन गर्ने बताउँदै महासचिव भुसालले भन्नुभयो,‘अब मुलुकलाई कसरी अगाडि बढाउने भनेर प्रधानमन्त्रीलाई भनेका छौं। समाजवादी मोर्चाका साथीहरूलाई भनेका छौं। जनतालाई सुनाउँदै आज यहाँसम्म आइपुगेका छौं। हाम्रा माग ठिक छन्। मुलुकलाई अगाडि लैजानका निम्ति हामीले ठिक कुरा गरिरहका छौं। यसमा सहमत हुनेहरू हातेमालो गर्नुहोस्। असहमत हुनेहरू बहसमा आउनुहोस् भनेका छौं। हामीले जतिलाई हाम्रा कुरा सुनायौं सबैले सहमत रहेको बताउनु भएको छ। हामीले यस अभियानका क्रममा सबैपक्षसँग छलफल गरेका छौं। किसान, उद्योगी, व्यापारीहरूले मुलुकले बाटो बिराएको बेला एकीकृत समाजवादीले यो अभियान सञ्चालन गरेर राम्रो काम गर्यो भनेर भन्नु भएको पाएका छौं।’

महासचिव भुसालले अगाडि भन्नुभयो,‘किसानको हालत संकटग्रस्त छ। उद्योगी, ब्यापारी व्यावसायीहरू अवस्था राम्रो छैन। जसरी आज युवाहरू विदेश पलायन भइरहेका छन्, यो क्रम जारी रहने हो भने हाम्रो मुलुकको अवस्था के हुन्छ? त्यसैले समयमै हामीले यो अभियान सुरु गरेका छौं। अर्को अर्थमा भन्दा मुलुकले बाटो बिराएको छ। यसलाई सहि बाटोमा ल्याउन हामी अघि सरेका छौं। राजनीति बिग्रेपछि सबै बिग्रिन्छ। आर्थिक, सामाजिक, साँस्कतिक पक्ष बिग्रिन्छन्। देश बिदेशसँगको सम्बन्ध बिग्रिन्छ। जातजाती, भाषा धर्मबीचको सम्बन्ध भत्किन्छ। जस्तो इजरेल र प्यालेस्टानीबीचको युद्धलाई लिन सक्छौं। राज्यमा सबैको प्रतिनिधित्व हुनेगरी संविधान बनाउका छौं। तर, कानून कार्यान्वयन नभएको खण्डमा जति नै राम्रो भएपनि त्यसको अर्थ रहँदैन।’

यही असोज १४ गते झापाको काँकरभिट्टादेखि सुरू भएको समाजवादी जागरण अभियान २०८० को १५औं दिन अभियान कर्णाली प्रदेशको प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा पुगेर पहिलो चरणको अभियान समापन गरिने कार्यक्रम रहेको छ।

तस्बिर: लेखनाथ सिकारू 

samajbadi jagaran 2080 karnali province chinchu1697351429.jpg

ghanashyam bhushal skt chinchu1697351428.jpg

samajbadi jagaran 2080 karnali province chinchu 11697351428.jpg