हिमा गाउँपालिकामा २३ सयको मुटु परिक्षण, १३ जना रेफर



जुम्ला। विकाससँगै बढ्दाे विलासी जीवनले गाउँदेखि शहरसम्मका नागरिकमा मुटुराेग बढ्दाे छ। बच्चादेखि बृद्दसम्म  मुटुका राेगी छन्। मुटुकै समस्याका कारण कलिलै उमेरमा मृत्युवरणसमेत गरेका धेरै घटना हामीले देखेका छौं।

स्वास्थ्यभन्दा काममा बढी ध्यान दिने, उपचार पद्दती महंगाे हुँदा प्राय: नागरिक अस्पतालकाे पहुँचसम्म पुग्नै नसक्ने जस्ता कारणले मुटु मृगाैला राेगबाट नागरिक ग्रसित, हुने अवस्था छ।

पछिल्लो समय नेपाललगायत विश्वका धेरै देशमा मुटु रोगीको संख्या बढ्दो छ। अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, मधुमेह, उच्च रक्तचाप र धूम्रपानका कारण मानिसहरुमा हृदयघातको जोखिम बढिरहेको छ।

गाउँगाउँमा मुटु राेगी बढेपनि अस्पताल पुगेर उपचार गराउने अधिकांशकाे आर्थिक स्थिती छैन्। केही राेग पालेर बस्न बाध्य छन्। भने कोही उपचारकै पर्खाईमै छन्। दुर दराजका विपन्न नागरिककाे समस्या बुझ्दै हिमा गाउँपालिकाले विभिन्न राेगकाे उपचार गर्न नि:शुल्क शिविर चलाउदैँ आएकाे छ।

हिमाकाे अध्यक्षमा लक्ष्मणबहादुर शाही निर्वाचित भए यता हिमा मात्रै, नाककान, हड्डी, पाठेघर, आँखा, माेतिया विन्दु शल्यक्रियाहुँदै मुटुराेग परिक्षण अभियानसमेत चलाईएकाे छ।

अध्यक्ष शाही निर्वाचित भए यता १७ महिनाकाे अवधिमा विभिन्न खाले ७ वटा शिखिर सञ्चालन भईसकेका छन्। जसअन्तर्गत हिमाले ३ दिने मुटु राेग परिक्षण अभियान चलाएकाे छ।

भर्खर निशुल्क माेतिविन्दु शल्क्रिया शिविरबाट ४१ जनाकाे शल्यक्रिया गरेकाे हिमाले मुटु जाेगाउ अभियान अन्तर्गत २१ सय बढी बालबालिकाे मुटु राेग परिक्षण गरिएकाे  छ।

गाउँपालिकाकाे आयाेजना तथा `मुटु जाेगाउ´ काठमाडौंकाे प्राविधिक सहयाेगमा कुल दुई हजार तीन सय ७३ जनाकाे मुटु परिक्षण गरिएकाे गाउँपालिका अध्यक्षण बहादुर शाही जानकारी दिए।

उनले भने,’मेराे पहिलाे प्रथामिकता नागरिककाे स्वास्थ्य हाे। हाल सम्म करिब ७ वटा विभिन्न राेगकाे शिविर चलाईसकेका छाै। पालिकाभरका सबै नागरिककाे निशुल्क बिमा गर्ने पनि नीति छ। विद्यार्थीहरूकाे मुटुकाे अवस्था थाहा पाउनकाे लागि परिक्षण गरेका हाै।’

परिक्षण गरिएका मध्ये १३ जनाकाे नि:शुल्क शल्यक्रियाकाे लागि मनमोहन कार्डियो थोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौंमा रेफर गरिएकाे अध्यक्ष शाहीले जानकारी दिए। गाउँमै नि:शुल्क उपचार पाएपछि हिमाका विपन्न नागरिक खुसी भएका छन्। महंगाे खर्च गरेर उपचार गराउन जाने स्थिती नरहेका स्थानीय बालबालिका देखि बृद्दले गाउँमै उपचार पाउँदा मख्ख भएका हुन्।

साभार: कर्णालीमिसनबाट