काठमाडौँ। चर्चित गायक शिशिर योगीले जनता रुवायो बोलको गीत सार्वजनिक गरेका छन्।
गोपालप्रसाद थपलियाको शब्द तथा बी बी अनुरागीको संगीत संयोजनामा गायक योगीले उक्त गीत सार्वजनिक गरेका हुन्। गोपाल प्रसाद थपलियाको आधिकारिक युट्युब च्यानलबाट उक्त गीतलाई हेर्न र सुन्न सकिनेछ।
वीरेन्द्र भाट विपिनले छायांकन तथा सम्पादन गरेको उक्त गीतको भिडियो वल्ड कभर मिडिया प्रा.लि.ले निर्माण गरेको छ। यज्ञमणी पौडेल र रीता थपलिया पौडेल निर्माता रहेको उक्त गीतको भिडियो देशमा व्याप्त भ्रष्टाचार, दलाली तथा महंगी विरुद्धको रहेको छ।
देशको माया गर्नेलाई पाखा लगाउछौँ र भ्रष्टाचारी दलालको खाँडो जगाउछौँ भनि गीतमा सरकारलाई व्यंग गरेको छ। ठगी खाने राजनीतिले जनता रुवायो, मागी खाने कुटनीतिले देशै डुवायो भनि गीतलाई पूर्णता दिएका छन्।
पछिल्लो समय राजनीतिक घटनापरिवेश तथा महंगीले जनताको ढाड सेकेको भन्दै थपलियाले गीतको परिकल्पना गरेका छन्। गीतमा सत्य कर्म गर्नेलाई किन कुल्चियौँ, न्याय सम्मान लोकतन्त्रमा किन विर्सियौँ भनि भावुक शब्द समावेश गरेका छन्।