काठमाडौँ। अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरले भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन् ।
वार्नरले आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा सबैभन्दा छिटो १ हजार रन बनाउने कीर्तिमान बनाएका हुन् । भारतमा भइरहेको एकदिवसीय विश्वकप अन्तर्गत घरेलु टोलीसँगको खेलमा उनले यो कीर्तिमान बनाएका हुन् ।
वार्नरले १९ पारीमा एक हजार रन पूरा गर्दै कीर्तिमान बनाएका हुन् । यसअघि एकदिवसीय विश्वकपमा सबैभन्दा छिटो १ हजार रन पूरा गर्ने कीर्तिमान सचिन तेन्दुलकरको नाममा थियो । उनले २० पारीमा यो कीर्तिमान बनाएका थिए ।
यस्तै दक्षिण अफ्रिकाका पूर्वक्रिकेटरले पनि एकदिवसीय विश्वकपमा २० पारीमा नै १ हजार रन पूरा गरेका छन् । वेस्ट इन्डिजका पूर्वक्रिकेटर भिभिएन रिचार्ड्स र भारतका पूर्वक्रिकेटर सौरभ गाङ्गुलीले समान २१ पारीमा एकदिवसीय विश्वकपमा १ हजार रन पूरा गरेका छन् ।