मान्म। नेकपा (एकीकृत समाजवादी) कालिकोटको १०औैं जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ।
बुधबार पार्टी अध्यक्ष विश्वराज बमको अध्यक्षता एवं पार्टीका पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेशका सह-इन्चार्ज चन्द्रबहादुर शाहीको प्रमुख आतित्थ्यतामा बैठक सम्पन्न भएको हो।
बैठकले अनेरास्ववियू र युवा संघको नेतृत्व चयनसमेत गरेको छ। युवासंघ नेपाल, कालिकोटको संयोजकमा महेन्द्र बहादुर शाहीलाई चयन गरेको छ। सह-संयोजमा रमेश विक्रम शाही र सचिवमा मदन अधिकारीलाई चयन गरिएको पार्टी उपाध्यक्ष चित्र सिंह ‘गाउँले’ जानकारी दिएका छन्।
उपाध्यक्ष गाउँलेका अनुसार बैठकले प्रदेश (क) युवा संघ नेपालको संयोजकमा सुजन कुमार शाहीलाई चयन गरेको छ। त्यस्तै अनेरास्ववियू कालिकोटको संयोजकमा भानु प्रसाद सुवेदी, सह-संयोजकमा रम्बा शाही र सचिवमा बविता शाहीलाई जिम्मेवारी तोकेको छ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका उपसचिव तुलाराज सिम्खाडा, विजया बिष्ट, नेताहरू धीर बहादुर बिष्ट, रंगराज सिम्खाडा, मनिराज बराल, रविन्द्र शाहीलगायतको उपस्थिति रहेको थियो।