काठमाडौँ। जिल्ला अदालत काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १८ मध्ये एक जनालाई साधारण तारेखमा र १७ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरलाई साधारण तारेखमा र अरु आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको हो। तुलाधरलाई भने जग्गा फिर्ता प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको भन्दै अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको हो।
बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो।
जिल्ला अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङसँग सबैभन्दा धेरै २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ।