डा. मिलन अधिकारीको “मुकुण्डो”



मुकुन्डो

देवताको मुहार धारी मुकुन्डोले

कतिन्जेल पो छिपाउन सक्थ्यो र

कतिन्जेल पो लुकाउन सक्थ्यो र

मुकुन्डो भित्र छिपेको आकृति

 

आखिर

मुकुन्डो अडाउन पनि मुन्टो त चाहियो नि

मुकुन्डो धान्न पनि त गर्धन त चाहियो नि !!!

 

कतिलाई पो रनभुल्लमा पार्न सक्थ्यो र

मुकुन्डो धारी को लाखे नाच ले !!

 

दर्शक को थपडी ले उन्मत्त भएर उत्तेजित भएर

मच्चि मच्चि लाखे नाच्ने मुकुन्डो धारी

मुकुन्डो भुइँ मा बज्रे पछि

मुर्कट्टा बनि निस्कियो !!

                            – डा. मिलन अधिकारी